पश्चिम बङ्गालमा 7.65 लाख किशोरीहरूलाई सर्भाइकल क्यान्सरदेखि बचाउको खोप लगाउने अभियान शुरू
पश्चिम बङ्गालमा 7.65 लाख किशोरीहरूलाई सर्भाइकल क्यान्सरदेखि बचाउको खोप लगाउने अभियान शुरू


कोलकाता, 30 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शनिवार राज्यव्यापी ह्यूमन प्यापिलोमा भाइरस (एचपीभी)-को खोप अभियान शुरू गरे। यस अभियानको उद्देश्य किशोरीहरूलाई सर्भाइकल क्यान्सरदेखि सुरक्षा प्रदान गर्नु हो। राज्य सरकारले यस अभियान अन्तर्गत लगभग 7.65 लाख लाभार्थी किशोरीहरूलाई सामेल गर्ने लक्ष्य राखेको छ।

अधिकारीहरू अनुसार यो पहल केन्द्र सरकारद्वारा यसै वर्ष शुरू गरिएको राष्ट्रिय एचपीभी खोप कार्यक्रम अनुरूप छ। अभियानको उद्देश्य सर्भाइकल क्यान्सरलाई सार्वजनिक स्वास्थ्यको लागि गम्भीर खतराको रूपमा समाप्त गर्ने दिशामा योगदान दिनु हो।

कार्यक्रम 14 वर्ष पूरा भइसकेको, तर 15 वर्ष नपुगेका किशोरीहरूलाई निःशुल्क खोप लगाइनेछ। पात्र किशोरीहरूलाई क्वाड्रिभ्यालेन्ट गार्डासिल-4 भ्याक्सिनको एक खुराक सरकारी स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराइनेछ।

राज्य सरकारले यस खोप अभियानको लागि 881 वटा सरकारी स्वास्थ्य संस्थानहरूलाई नामित गरेको छ जसमा मेडिकल कलेज, जिल्ला अस्पताल, उपमण्डलीय अस्पताल, राज्य सामान्य अस्पताल तथा ब्लक प्राथमिक स्वास्थ्य केन्द्रहरू सामेल छन्।

स्वास्थ्य विभागीय अधिकारीहरूको भनाइ छ, यस अभियानबाट किशोरीहरूलाई सर्भाइकल क्यान्सरको जोखिमदेखि बचाउनमा मद्दत पुग्नेछसाथै महिलाहरूको स्वास्थ्य संरक्षणको दिशामा यो एउटा महत्वपूर्ण कदम साबित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande