राज्यपालले बौद्ध धर्मावलम्बीहरूलाई 'सागा दावा' को बधाई एवं शुभकामना दिए
om prakash mathur


गान्तोक, 30 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले 'सागा दावा' को शुभ अवसरमा सिक्किमवासीहरूका साथै विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

राज्यपालले आफ्नो सन्देशमा भने, 'सागा दावाको पवित्र चाड भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको प्रतीक हो। यो पावन अवसरले हामीलाई भगवान बुद्धले सिकाएका शाश्वत मूल्यहरू अहिंसा, मैत्री, करुणा र सार्वभौमिक भाइचारालाई आफ्नो जीवनमा आत्मसात गरेर सत्यको मार्गमा हिड्न प्रेरित गर्दछ।'

राज्यपालले भगवान बुद्धका विचारहरूले हामीलाई आपसी सद्भाव र मानवताको सेवाको मार्ग देखाउॅंदै भन्दै उनका विचारहरू आजको समयमा अझ धेरै प्रासंगिक बनेको बताएका छन्। उनले यस पावन अवसरमा राज्यवासीहरूको उत्तम स्वास्थ्य, सुख, शान्ति र समृद्धिको मंगल कामना गरेका छन्।

राज्यपालले यस पावन दिनमा प्रेम र दयाको भावनालाई आफ्नो जीवनको आधार बनाउन तथा सत्य र अहिंसाको पथमा अग्रसर बन्दै अझ धेरै समरस समाजको निर्माण गर्न आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande