
पटना, 12 जून (हि.स.)। पटनामा प्रशिक्षण लिएर फर्किरहेका मधेपुरा जिल्लाका तीन जना थाना अध्यक्षको बेगूसराय जिल्लाको साहेबपुर कमाल थाना क्षेत्रभित्र बिहिबार राति करिब १ बजी भएको सड़क दुर्घटनामा मृत्यु भएको छ।
मृतकहरूमा उदाकिशुनगञ्ज अनुमण्डलअन्तर्गत रतवारा थाना अध्यक्ष सजन कुमार, अरार थाना अध्यक्ष अमरेन्द्र ज्ञानेन्द्र तथा मधेपुरा अनुमण्डलअन्तर्गत बेलारी थाना अध्यक्ष नीरज कुमार रहेका छन्। दुर्घटनामा कार चालकको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ।
जानकारीअनुसार, १०-११ जूनमा आयोजित दुईदिने प्रशिक्षण सम्पन्न गरेपछि बिहिबार साँझ तीनै जना थाना अध्यक्ष कारमार्फत मधेपुरातर्फ फर्किएका थिए। कार निजी चालक ज्योतिष कुमारले चलाइरहेका थिए। राति करिब १ बजी बेगूसराय जिल्लाको साहेबपुर कमाल नजिक राष्ट्रिय राजमार्ग (एनएच) मा रोकिराखिएको ट्रकमा कार ठोक्किँदा भीषण दुर्घटना भएको थियो। दुर्घटनामा तीनै जना थाना अध्यक्ष तथा कार चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ बेगूसरायका पुलिस अधीक्षक (एसपी) मनीष कुमार घटनास्थलमा पुगेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी