किछौछा शरीफबाट फर्किरहेका झारखण्डका श्रद्धालुहरूको कारको ट्रकसित भिड़न्त, चारको मृत्यु
कार


पलामू, 13 जून (हि.स.)। उत्तर प्रदेशको किछौछा शरीफबाट फर्किँदै गरेको पलामु डाल्टनगञ्जका श्रद्धालुहरुको कारलाई ट्रकले ठक्कर दिँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। एक जना घाइतेलाई अस्पताल भर्ती गरिएको छ। घटना आजमगढ़ जिल्लाको कोतवाली थाना क्षेत्रको देवगाउँ क्षेत्रमा भएको हो। शनिवार बिहान घटनाको खबर प्राप्त हुनासाथ डाल्टनगञ्जमा शोकको लहर छाएको छ।

स्थानीयहरूबाट प्राप्त जानकारी अनुसार, मृत्यु हुनेमा डाल्टनगञ्ज छोटी मस्जिद अगाड़ी रहेको किताब घरका सञ्चालक हाफिज रज्जाक, जनता मेडिकलमा आवद्ध कैश अन्सारी, सब्जी मन्डी व्यवसायी शोहराब राइन र गाड़ीका चालक रहेका छन्। चुरा व्यवसायी अजमल घाइते भएका छन्। उनको उपचार भइरहेको छ। चालकको पहिचान गर्ने प्रयास भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande