
नयाँ दिल्ली, 17 जून (हि.स.)। दिल्लीका पर्यटन मन्त्री कपिल मिश्राले भने, देशद्रोही, जिहादी, आतङ्कवादी, टुक्रा-टुक्रा ग्याङ्ग, नक्सलवादी तथा भारतको विरोधमा सोच्नेहरूलाई बर्बाद बनाउने सिलसिला लामो समयसम्म चल्नेछ। सो मन्तव्य कपिल मिश्राले प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षको गौरवशाली कार्यकाल पूरा भएको अवसरमा सांसद रामवीर सिंह बिधुड़ी सहित कालकाजीमा स्वच्छता अभियान एवं वृक्षरोपण कार्यक्रममा सहभागी भएपछि व्यक्त गरेका हुन्।
ओ-जोनको मुद्दामा विपक्षद्वारा सञ्चालित हस्ताक्षर अभियानको सन्दर्भमा कपिल मिश्राले भने, पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, उनका मन्त्रीगण तथा उनको सरकारले ओ-जोनमा बस्ने मानिसहरूसित विश्वासघात गरे, उनीहरूको पिठ्युँमा छुरा घोपे। वर्ष 2014-मा मामिला सार्वजनिक भएपछि एघार वर्षसम्म केजरीवाल स्वयं कुर्सीमा बसिरहे, तर कुुनै समाधान गरेनन्। उनले स्पष्ट पारे, मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा सम्पूर्ण सरकार सङ्कल्पित छ कि ओ-जोनको नाममा कुनै पनि घरको एउटा ईँटा समेत हल्लिन दिइनेछैन।
उनले भने, विपक्षले आफ्नो राजनीतिलाई चम्काउनको लागि जनतालाई भ्रमित पार्नु हुँदैन।
कपिल मिश्राले भने, वर्तमान पिँढ़ी सौभाग्यशाली छन्, किनभने उनीहरूले आफ्नै आँखाले प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाललाई देखिरहेका छन्। यो भारतको परिवर्तनको कालखण्ड हो, आगामी समयमा प्रधानमन्त्रीको नेतृत्वमा देशमा गरीब कल्याणका नीतिहरू, महिला,युवा एवं किसानहरूको सशक्तिकरण, आत्मनिर्भर भारत, देशको मजबुत सुरक्षाको निम्ति उठाइएका कदमहरूलाई विकसित भारतको आधारको रूपमा हेरिनेछ।
कार्यक्रममा निगम पार्षद योगिता सिंह र भाजपा जिल्ला अध्यक्ष माया सिंह बिष्ट पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा