रूपकोँवर ज्योतिप्रसाद अगरवाललाई मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली, भने- असमको सांस्कृतिक चेतनालाई दिए नयाँ दिशा
रूपकोँवर ज्योतिप्रसाद अगरवाललाई मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली, भने- असमको सांस्कृतिक चेतनालाई दिए नयाँ दिशा


गुवाहाटी, 17 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार रूपकोँवर ज्योतिप्रसाद अगरवालाको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गर्दै भने, उनले साहित्य, सङ्गीत, रङ्गमञ्च र सिनेमाको माध्यमबाट आधुनिक असमको सांस्कृतिक पहिचान अनि चेतनालाई आकार दिए।

मुख्यमन्त्रीले सोशल मीडिया एक्समा साझा गरेका आफ्नो सन्देशमा ज्योतिप्रसाद अगरवालालाई असमिया संस्कृतिका अगुवाको रूपमा वर्णन गर्दै भने, उनी आफ्नो समयभन्दा धेरै अगाड़िको सोच राख्ने एकजना दूरदर्शी व्यक्तित्व थिए। उनले वर्ष 1935- मा ‘जयमति’- निर्माण गरेर असमिया सिनेमाको आधार राखे अनि नाटककार, कवि एवं सङ्गीतकारको रूपमा समाजलाई समृद्ध तुल्याए।

डा. सरमाले भने, ‘ज्योति सङ्गीत’ आज पनि उनको अद्वितीय कलात्मक प्रतिभा एवं क्रान्तिकारी सोचको जीवन्त प्रमाण हो। उनले भने, ज्योतिप्रसाद अगरवालले कला मात्र सृजना नगरेर असमको आधुनिक सांस्कृतिक चेतनालाई पनि नयाँ दिशा दिए।

17 जून, 1903-मा वर्तमान डिब्रुगढ़ जिल्लाको तामुलबाड़ी चिया बगानमा जन्मेका ज्योतिप्रसाद अगरवालालाई आधुनिक असमिया संस्कृतिका प्रमुख शिल्पकारहरूमा गन्ती गरिन्छ। कवि, नाटककार, गीतकार, सङ्गीतकार, फिल्म निर्माता औ स्वतन्त्रता सेनानीको रूपमा उनले 20औं शताब्दिको प्रारम्भिक चरणमा असमको सांस्कृतिक पुनर्जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

वर्ष 1935- मा उनको फिल्म ‘जयमति’-को प्रदर्शनसितै असमिया सिनेमाको इतिहास शुरू भयो।

उनको जयन्तीमा हरेक वर्ष असमभरिनै सांस्कृतिक कार्यक्रम, साहित्यिक आयोजन औ श्रद्धाञ्जली सभाहरू आयोजन गरी उनको योगदानलाई स्मरण गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande