
नयाँ दिल्ली, 17 जून (हि.स.)। दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले भने, स्वच्छ दिल्ली विकसित भारतको आधारशिला हो भने स्वच्छता प्रत्येक नागरिकको दैनिक प्रतिबद्धता बन्नुपर्छ। सो मन्तव्य विजन्द्र गुप्ताले बुधवार चाँदनी चौकस्थित जैन लाल मन्दिर एवं गौरी शङ्कर मन्दिरमा आयोजित स्वच्छता अभियानको नेतृत्व तथा श्रमदान गर्दै व्यक्त गरेका हुन्। यो कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सेवा, सुशासन एवं गरीब कल्याणले 12 वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित विभिन्न कार्यक्रमहरूको एउटा श्रृङ्खला हथियो।
स्वच्छता अभियानको नेतृत्व गर्दै विजेन्द्र गुप्ताले भने, ‘विकसित भारत 2047’- को लक्ष्य स्वच्छता र नागरिक उत्तरदायित्वको मार्गमा अग्रसर भएर मात्र प्राप्त गर्न सकिन्छ। ‘स्वच्छ भारत, विकसित भारत’ -को सन्देशलाई दोहोऱ्याउँदै उनले नागरिकहरूसित स्वच्छतालाई जीवनशैलीको रूपमा सामेल गर्ने अनि यसलाई दैनिक आदतको रूपमा अप्नाउने आह्वान गरे। उनले भने, सार्वजनिक स्थलहरूको स्वच्छता र गरिमालाई कायम राख्नमा प्रत्येक व्यक्तिको महत्वपूर्ण भूमिका हुन्छ। राष्ट्रिय राजधानीलाई स्वच्छ राख्नु हामी सबैक सामूहिक जिम्मेवारी हो।
यस अवसरमा विजेन्द्र गुप्ताले अभियानको मार्गदर्शक भावना “मेरो दिल्ली, स्वच्छ दिल्ली; मेरो दिल्ली, स्वस्थ दिल्ली; मेरो दिल्ली, पर्यावरण-अनुकूल दिल्ली; मेरो दिल्ली, प्रदूषण-मुक्त दिल्ली”- को महत्वमाथि प्रकाश पार्दै भने, विश्वको सर्वाधिक जनघनत्व भएका शहरी केन्द्रहरूमध्ये एक हुनको साथै प्रतिदिन 50 लाखभन्दा अधिक मानिसहरूको आवागमन हुने गरेकोले दिल्लीले अनेकौ विशिष्ट एवं पर्यावरणीय चुनौतीहरूको सामना गर्नुपर्छ। यी चुनौतीहरूको समाधान सरकारी प्रयासहरूबाट मात्र सम्भव छैन, जनसहभागिता, व्यवहार परिवर्तन औ निरन्तर सामूहिक प्रयासहरूबाट मात्र सम्भव छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा