दरङ्गको ऐतिहासिक एवं आध्यात्मिक स्थलहरूलाई चाँड़ै अतिक्रमण मुक्त गराइनेछ: दिलीप सैकिया
दरङ्गको ऐतिहासिक एवं आध्यात्मिक स्थलहरूलाई चाँड़ै अतिक्रमण मुक्त गराइनेछ: दिलीप सैकिया


गुवाहाटी, 17 जून (हि.स.)। असम प्रदेश भाजपाका अध्यक्ष दिलीप सैकियाले भनेका छन्, दरङ्ग जिल्लाको ऐतिहासिक तथा आध्यात्मिक रूपमा महत्वपूर्ण स्थलहरूलाई अतिक्रमण मुक्त गराउनको लागि चाँड़ै उच्छेद अभियान सञ्चालन गरिनेछ। उनले भने, राज्य सरकार यस्ता स्थलहरूको गरिमा र धरोहरलाई संरक्षित गर्नको लागि प्रतिबद्ध छ। सैकियाले एक कार्यक्रममा सामेल हुनअघि पत्रकारहरूसित बातचित गरिरहेका थिए।

हालैमा भएको बसको वृद्धिलाई लिएर प्रतिक्रिया व्यक्त गर्दै सैकियाले भने, यो वृद्धि अन्तर्राष्ट्रिय परिस्थिति र इन्धनको मूल्य वृद्धिसित जोड़िएको छ। उनले आशा व्यक्त गरे, स्थिति चाँड़ै सामान्य हुनेछ।

उनले भने, हर्मुज जलडमरूमध्य (Strait of Hormuz) खोलिएपछि तथा वैश्विक परिस्थितिमा सुधार आएपछि इन्दनको मूल्य नियन्त्रित हुनेछ जसबाट परिवहन क्षेत्रमा परिरहेकोको दबाव पनि कम हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande