फलता हिंसामाथि मुख्यमन्त्रीको कड़ा सन्देश- कसैले पनि कानूनलाई हातमा नलिओस्, हमलाकारीहरूको सम्पत्ति पनि जफत हुनेछ
फलता हिंसामाथि मुख्यमन्त्रीको कड़ा सन्देश- कसैले पनि कानूनलाई हातमा नलिओस्, हमलाकारीहरूको सम्पत्ति पनि जफत हुनेछ


कोलकाता, 17 जून (हि.स.)। दक्षिण 24 परगनाको फलतामा भएको हिंसक घटनालाई लिएर मुख्यमन्त्री एवं पुलिस मन्त्री शुभेन्दु अधिकारीले कड़ा व्यवहार अप्नाउँदै भनेका छन्, पुलिस, सरकारी कर्मचारी औ अर्धसैनिक बलहरूमाथि हमला गर्नेहरूलाई कुनै पनि मूल्यमा छोड़िनेछैन। बुधवार फलतामा आयोजित एक जनसभाबाट उनले प्रशासनलाई निर्देश दिए, घटनामा सामेल सबै मानिसहरूविरूद्ध कड़ा कानूनी कारबाही गरिनेछ।

मुख्यमन्त्रीले भने, भीडियो फुटेजको माध्यमबाट चिन्हित मानिसहरूविरूद्ध भारतीय न्याय संहिताको राष्ट्रविरोधी गतिविधिसित सम्बन्धित धाराहरू अनन्तर्गत मामिला दर्ता गरिनेछ। उनले जिल्ला पुलिस अधीक्षकलाई निर्देश दिँदै भने, यस्तो कारबाही गरियोस् जसले गर्दा भविष्यमा कसैले पनि पुलिस, सरकारी कर्मचारी तथा अर्धसैनिक बलमाथि हमला गर्ने दुस्साहस नगरोस्।

उनले भने, जेल पठाउनु मात्र पर्याप्त हुनेछैन। हमलामा सामेल मानिसहरूको सम्पत्ति पनि जफत गरेर त्यसलाई लीलालम गरिनेछ। मुख्यमन्त्री अनुसार राज्यमा कानूनको शासन स्थापित गर्नु सरकारको प्राथमिकता हो र यस दिशामा कुनै पनि प्रकारको लचकता देखाइनेछैन।

उल्लेखनीय छ, गए मङ्गलवार फलतामा जहाँगीर खानलाई रिहा गर्नुपर्ने मागमा स्थानीय मानिसहरूको एक समूहले प्रदर्शन गरेको थियो। प्रदर्शनको नेतृत्व जहाँगीर खानकी पत्नीले गरिरहेकी थिइन्। यस अवधि पुलिस र केन्द्रिय बलसित तनाउपूर्ण स्थिति उत्पन्न भएको थियो।

शुभेन्दु अधिकारीले भने, घटना हुँदा उनी खरसाङमा थिए। उनले सम्पूर्ण घटनाक्रम टेलीभिजनमा हेरे। उनले आरोप लगाए, एकजना माफियाकी पत्नीको नेतृत्वमा केही मानिसहरूले पुलिस तथा अर्धसैनिक बलमाथि हमला गर्ने प्रयास गरे। उनले भने, फलतामा पनि कानूनको शासन स्थापित गरिएको छ। जति नै ठूलो माफिया भए पनि भाजपा सरकारले उसलाई पाठ सिकाएरै छाड़्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande