
इम्फाल, 17 जून (हि.स.)। मणिपुरमा सुरक्षा बल तथा पुलिसले बितेको 24 घण्टामा विभिन्न स्थानहरूमा सञ्चालित अभियानहरूमा एकजना संदिग्ध उग्रवादीलाई पक्राउ गर्नको साथै 14 वटा बङ्करहरूलाई ध्वस्त बनाइयो अनि दुई किलोग्राम संदिग्ध मर्फिन सहित दुई जना महिलाहरूलाई पक्राउ गऱ्यो।
सुरक्षा बलहरूले इम्फाल पूर्व जिल्लाको खुराई पुथिबा लैकाई निवासी युमनाम सैत्याजित मङ्गाङ्ग (36)-लाई पक्राउ गरे जसको कब्जाबाट एउटा .22 क्यालिबर रिवल्वर र .22 क्यालिबरको नौ वटा जिँदो गोली जफत गरियो।
अर्को अभियानमा सुरक्षा बलहरूले मोगकोट चेपू-पाटलिजांङ्ग पहाड़ी क्षेत्रमा पाँच वटा तथा लुङ्गफू जंक्शन-इण्डस्ट्रियल एस्टेट सेन्टर पहाड़ी क्षेत्रमा नौ वटा बङ्करहरूलाई ध्वस्त बनाइदिए। यीमध्ये एउटा स्थानबाट 5.56 मिमीलका दुई वटा खाली कारतूस पनि जफत गरियो।
यसै अवधि इम्फाल पश्चिम जिल्लाका अलग-अलग स्थानहरूबाट प्रतिबन्धित आरपीएफ/पीएलएका दुई जना सक्रिय क्याडरहरूलाई पक्राउ गरियो। पक्रा पर्ने क्याडरहरूको पहिचान मुतुम मोहेन सिंह (29) र सनायाइमा लिचोम्बाम उपनाम क्विन्टन उपनाम लिरङ्गजाओ उपनाम लिरेङ्गबी (50)- को रूपमा भएको छ।
नशालु पदार्थहरू विरूद्ध सञ्चालित एक अभियानमा मणिपुर पुलिसले चुराचाँदपुर जिल्लाबाट दुई जना महिलाहरूलाई पक्राउ गरी उनीहरूको कब्जाबाट लगभग दुई किलोग्राम संदिग्ध मर्फिन जफत गऱ्यो। पक्रा पर्ने महिलाहरूको पहिचान होइनेइलहिङ्ग (32) र चिन्नेइवाह (25)- को रूपमा भएको छ। दुवै ता. खोनोमफाई गाउँका निवासी हुन्।
पुलिसले सबै मामिलामा अग्रिम जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा