झाड़फुकको नाममा निममतापूर्वक कुटपिट गरेको कारणले व्यक्तिको मृत्यु
झाड़फुकको नाममा निममतापूर्वक कुटपिट गरेको कारणले व्यक्तिको मृत्यु


जलपाईगुड़ी, 17 जून (हि.स.)। जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत पानीकौड़ी ग्राम पञ्चायतको फटापुकुर संलग्न डाङ्गापाड़ा क्षेत्रमा झाड़फुकको नाममा निर्दयतापूर्वक कुटपिट गरेको कारणले एकजना व्यक्तिको मृत्यु भएको घटनाले बुधवार स्थानीय मानिसहरूमा व्यापक आक्रोश फैलाएको छ। मृतकको नाम क्षितेन राय (55) हो।

परिवार अनुसार शुक्रवार क्षितेनको स्वास्थ्य बिग्रिएको कारणले उनलाई राजगञ्ज ग्रामीण अस्पतालमा भर्ती गरिएको थियो। पछि उनलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो। त्यहाँबाट सिलगढ़ीको एक निजी अस्पतालमा पनि उपचार गराइयो, तथापि कुनै बिमार पत्तो नलागेको कारणले उनलाई घरमै ल्याइयो। त्यसपछि गए मङ्गलवार झाड़फुकको सहारा लिइयो। बिमार क्षितेनलाई सुखानीको साहेबपाड़ा क्षेत्रका एकजना ओझाको घरमा लगियो।

परिवारको आरोप छ, भूत-प्रेतको प्रभावलाई समाप्त गर्ने नाममा ओझाले उनकी पत्नीको अगाड़ि नै क्षितेनलाई कैयौं पटक बेतले कुटे। कुटेपछि अबेर राती उनको अवस्था झन् बिग्रियो फलस्वरूप मृत्यु भयो। घटनापछि परिवार तथा स्थानीय मानिसहरूमा व्यापक आक्रोश व्याप्त भयो। राजगञ्ज थानामा दुई जना कबीराजहरूविरूद्ध लिखित सिकायत दर्ता गरियो जसको आधारमा पुलिसले कारबाही गर्न शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande