
पश्चिम मेदिनीपुर, 17 जून (हि.स.)। जिल्लाको सबङ्ग क्षेत्रमा नोकरी दिलाउने नाममा 5 लाख रुपियाँ ठगेको मामिला सामु आएको छ। यस मामिलामा पूर्व मन्त्री मानस भुइँया र तृणमूल कङ्ग्रेसका दुई जना नेताहरूविरूद्ध सबङ्ग थानामा लिखित सिकायत दर्ता गरिएको छ।
सिकायतकर्ता विकास कुमार टुङ्ग, सबङ्ग विधानसभा क्षेत्रको विष्णुपुर ग्राम पञ्चायतका निवासी हुन्। बुधवार उनले बताए, यस वर्ष 2026- को विधानसभा चुनाउ सम्पन्न हुनअघि उनकी पत्नी मञ्जु साहु टुङ्गलाई नोकरी दिलाउने आश्वासन दिइएको थियो। यसको सट्टा पूर्व मन्त्री मानस भुइयाँको मध्यस्थतामा तृणमूल नेता शेख अबु कलाम बक्स र भोलानाथ डेको माध्यमबाट 5 लाख रुपियाँ लिइयो।
आरोप अनुसार 01 मार्च, 2026-मा मञ्जु साहु टुङ्गलाई सीआईएसबी सर्भिसेज प्राइभेट लिमिटेडमा स्टुअर्ड पदमा तेमाथानी इरिगेशन बङ्गलोमा नियुक्त गरियो। परिवारको भनाइ छ, उनले नियमित रूपमा काम गरे पनि दुई महिनापछि 6 मईको दिन अचानक व्हाट्सएपको माध्यमबाट नोकरी समाप्त भएको सूचना दिइयो।
परिवार अनुसार मार्च महिनाको वेतन 10 हजार 747 रुपियाँ ब्याङ्क खातामा जमा भएको थियो, तर अचानक नोकरी गएपछि परिवार मानसिक एवं सामाजिक सङ्कटमा परेको छ। सिकायतकर्ताले भने, उनकी पत्नी यस घटनापछि गहिरो अवसादमा छन्।
सम्पूर्ण मामिलाको जाँच गर्ने मागमा सबङ्ग थानामासिकायत गरिएको छ। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ। तथापि आरोपहरूलाई लिएर पूर्व मन्त्री तथा अन्य आरोपीहरूले अहिलेसम्म कुनै प्रकारको प्रतिक्रिया दिएका छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा