
अलिपुरद्वार, 17 जून (हि.स.)। जलदापाड़ा वन क्षेत्र संलग्न गाउँमा पसेको एउटा दन्ते हात्तीलाई बुधवार संदिग्ध अवस्थामा मृत पाइयो। यस घटनापछि गाउँमा कोकोहोलो मचियो।
प्राप्त जानकारी अनुसार जलदापाड़ा पश्चिम रेञ्जको जङ्गलबाट पाँच वटा हात्तीहरूको बथान अलिपुरद्वार एक नम्बर ब्लकको शालकुमार- दुई ग्राम पञ्चायत अन्तर्गत कलाबाड़िया गाउँमा पसेको थियो। बथानबाट छुट्टिएको एउटा दन्ते हात्तीले गुवा बगान र काँकरा बगानमा ताण्डव मचाइरह्यो। बुधवार बिहान स्थानीय मानिसहरूले खेतको नजिकैमा उसलाई मृत अवस्थामा देखे। सूचना पाएर वन विभागको टीम घटनास्थलमा पुग्यो अनि अर्थमूभरको सहयोगले शवलाई जलदापाड़ा लग्यो। हात्तीको मृत्युको कारणलाई लिएर शङ्का व्याप्त भएको छ।
ग्रामीणहरूको एक वर्ग अनुसार घना वर्षा तथा वज्रवातको कारणले उसको मृत्यु भएको हो। अर्कोतिर यो पनि बताइँदैछ, फसलहरूको सुरक्षाको लागि जड़ान गरिएको विद्युतवाहक फेन्सिङ्ग तारको चपेटमा परेर हात्तीको मृत्यु भएको हो। वन विभागको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको सही कारण स्पष्ट हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा