उत्तर बङ्गालका पूर्व विकास मन्त्री उदयन गुहा फूलबगानबाट पक्राउ
उत्तर बङ्गालका पूर्व विकास मन्त्री उदयन गुहा फूलबगानबाट पक्राउ


कुचबिहार, 17 जून (हि.स.)। उत्तर बंङ्गाल विकासका पूर्व मन्त्री उदयन गुहालाई पक्राउ गरिएको छ। कुचबिहार पुलिसले दिनहाटाका पूर्व तृणमूल विधायकलाई फूलबगानस्थित उनको आवासबाट हिरासतमा लिएको हो। तथापि उनलाई कुन मामिलामा पक्राउ गरिएको हो भन्ने कुरा अहिलेसम्मस्पष्ट भएको छैन।

सूत्र मुताविक उदयन गुहामाथि चुनाउपछि भएको हिंंसा, धम्की एवं भ्रष्टाचार सहित केही गम्भीर आरोप लागेको छ। उनलाई फूलबगान थानामा लगियो जहाँबाट उत्तर बङ्गालमा ल्याइने जानकारी प्राप्त भएको छ।

पुलिस सूत्रको भनाइ छ, उनलाई चुनाउपछि भएको हिंसाको एउटा मामिलामा पक्राउ गरिएको हो। वर्ष 2021-को विधानसभा चुनाउ अनि वर्ष 2024-को लोकसभा चुनाउपछि कुचबिहारमा भएको हिंसामा उनी संलिप्त रहेको आरोप लागेको थियो। यस अतिरिक्त उनीविरूद्ध केही भ्रष्टाचारसित सम्बन्धित मामिलाहरू पनि दर्ता छन्।

अन्य सूत्र अनुसार थानामा उदयन गुहाले दाबी गरे, जुन मामिलामा उनलाई पक्राउ गरिएको छ, त्यस मामिलामा उनले अग्रिम जमानत लिएका छन्। पुलिसले उनलाई अवैध ढङ्गमा पक्राउ गरेको छ।

भनिन्ठ. माथाभाङ्गा थानामा उनीविरूद्ध एफआईआर दर्ता भएको थियो। यो सिकायत भवाइया लोकगायक मणिन्द्रनाथ बर्मनले दर्ता गराएका थिए। उनको आरोप छ, तृणमूल सरकारको भ्रष्टाचार विरोधी गीत गाउँदा उदय गुहाले उनलाई ज्यानमारा धम्की दिएका थिए। यस अतिरिक्त दिनहाटा नगरपालिकामा आर्थिक घोटाला, घर दिने नाममा मानिसहरूबाट पैसा लिएको जस्ता आरोपहरू पनि सार्वजनिक भइरहेका छन्। यी मामिलाहरूमा पनि उनलाई पक्राउ गर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande