झारखण्ड राज्यसभा चुनाउः दुई सीटको लागि मतदान जारी, साझँ 5 बजीदेखि हुनेछ मतगणना
झारखण्ड


रांची, 18 जून (हि.स.)। झारखण्डबाट दुई राज्यसभा सिटका लागि बिहिवार बिहान 9 बजी मतदान शुरु भयो। झारखण्ड विधानसभाको कक्ष संख्या-142 मा मतदान भइरहेको छ। निर्धारित प्रक्रिया अनुसार मतदान केन्द्रमा पुगेर सबै विधायकहरूले पालैपालो आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचन आयोगको निर्धारित कार्यक्रम अनुसार, मतदान साँझ 4 बजीसम्म जारी रहनेछ जबकि मतगणना साँझ 5 बजी शुरु हुनेछ। अबेर रातिसम्म नतिजा घोषणा हुने अपेक्षा गरिएको छ। मतपत्र मार्फत मतदान भइरहेको छ।

दुई सिटका लागि भएको यस चुनाउमा राजनीतिक दलहरू विशेषगरी दोस्रो सिटको प्रतिस्पर्धामा केन्द्रित छन्। मतदान शुरु हुने बित्तिकै विधानसभा परिसरमा राजनीतिक गतिविधि तीव्र भयो। इन्डी महागठबन्धन र एनडीए दुवै खेमाले आ-आफ्नो जितको दाबी गरेका छन्।

इन्डी महागठबन्धनको तर्फबाट झारखण्ड मुक्ति मोर्चा (जेएमएम) ले बैजनाथ रामलाई र कांग्रेसले प्रणव झालाई उम्मेदवार बनाएको छ। यसैबीच भाजपा समर्थित स्वतन्त्र उम्मेदवार परिमल नथवानी पनि चुनावी मैदानमा छन्।

मतदानको क्रममा एनडीएले आफ्ना सबै 24 विधायकहरू सहित विधानसभामा पुगेर शक्ति प्रदर्शन गर्योस। एनडीए नेताहरूले दाबी गरे कि उनीहरूका सबै विधायकहरू एकजुट छन् र गठबन्धन विजयको लागि विश्वस्त छ।

यसैबीच निर्दलीय उम्मेदवार परिमल नथवानी पनि विधानसभामा पुगे। उनले भने कि उनलाई भगवानको आशीर्वाद छ र विभिन्न दलहरूबाट समर्थन प्राप्त भइरहेको छ।

अर्कोतिर, वरिष्ठ झामुमो नेता र मन्त्री चमरा लिन्डाले विधानसभामा पुगेपछि इन्डी गठबन्धनका दुवै उम्मेदवारहरूको विजयको दाबी गरे। यसैबीच इन्डी महागठबन्धनका विधायकहरू पनि बस र निजी सवारी साधनमा पुगे, संगठनात्मक शक्ति प्रदर्शन गरे।

मतदानअघि दुवै दलका नेताहरूले आफ्नो विजयको दाबी दोहोर्यालए। महागठबन्धनले दुवै सिटमा जित सुनिश्चित गर्न पर्याप्त संख्या रहेको बताएको छ, जबकि एनडीए नेताहरूले पनि चुनावी नतिजामा पूर्ण विश्वास व्यक्त गरेका छन्।

सबैको नजर अब साँझ 5 बजी शुरु हुने मतगणनामा छ, जसले अन्ततः झारखण्डबाट दुवै राज्यसभा सिट कसले जित्छ भनेर निर्धारण गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande