
असम, 18 जून (हि.स.)। असमको पुलिसले लागुऔषध विरुद्धको अभियानमा ठलो सफलता प्राप्त गरेको छ। श्रीभूमि र नगाउॅं जिल्लामा समन्वित कारबाहीमा करिब 14.5 करोड मूल्यको लागुऔषध जफत गरिएको छ। कारबाहीका क्रममा सात जनालाई पक्राउ गरिएको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीबार सोशल मिडियामा यस अभियानको जानकारी साझा गरेका छन्। जिल्ला पुलिसको टोलीले विभिन्न स्थानमा छापा मारेर ठूलो मात्रामा लागुऔषध बरामद गरेको उनले बताए।
मुख्यमन्त्रीले भने, श्रीभूमि पुलिस र नगाउॅं पुलिसले गरेको सफल कारबाहीमा ठूलो मात्रामा लागुऔषधको खेप जफत गरिएको छ। उनले राज्यमा लागुऔषध व्यापारविरुद्ध चलिरहेको लडाइँमा यसलाई एउटा महत्त्वपूर्ण चरण बताएका छन्।
उनले लागुऔषध तस्करीमा संलग्न सञ्जाललाई पूर्ण रूपमा ध्वस्त पार्ने सरकारको कार्य निरन्तर जारी दोहोऱ्याएका छन्। मुख्यमन्त्रीले लागुऔषध कारोबारविरुद्ध राज्य सरकारको नीति कडा, स्पष्ट र अटल रहेको र यस दिशामा अभियानलाई तीव्र पार्ने बताए।
हिन्दुस्थान समाचार / बिशाल