मन की बात : प्रधानमन्त्रीले स्वदेशी रक्षा क्षमतादेखि सामाजिक परिवर्तनसम्मका उपलब्धिहरूको चर्चा गरे
PM Modi Pays Tribute to Iconic Indian Cinema Figures in Last Mann Ki Baat of 2024


नयाँ दिल्ली, २८ जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो मासिक रेडियो कार्यक्रम ‘मन की बात’ को १३५औँ संस्करणमा सम्बोधन गर्दै जून महिना भारतका लागि अनेकौँ उपलब्धि र प्रेरणादायी पहलहरूको साक्षी बनेको बताए। उनले स्वदेशी रक्षा क्षमता, उड्डयन क्षेत्रको प्रगति, योगको विश्वव्यापी लोकप्रियता, असमको हरगिला संरक्षण अभियान, नागाल्याण्डमा खेलकुद प्रवर्द्धनका पहल तथा सामाजिक सुरक्षा योजनाबारे चर्चा गर्दै देशका विभिन्न क्षेत्रमा भइरहेको सकारात्मक परिवर्तनले आत्मनिर्भर भारत अभियानलाई नयाँ ऊर्जा दिएको बताए।

प्रधानमन्त्रीले सन् २०२६ को आधा समय बित्न लागेको उल्लेख गर्दै पछिल्ला छ महिनामा भारतले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। उनका अनुसार, जून महिना विशेष रूपमा महत्वपूर्ण उपलब्धि र प्रेरणादायी घटनाले भरिएको रह्यो, जसले देशको क्षमता प्रदर्शन गर्नुका साथै नागरिकहरूमा आत्मविश्वास पनि बढाएको छ।

उनले हालै भारतीय नौसेनामा तीन नयाँ युद्धपोत समावेश गरिएको जानकारी दिए। यी युद्धपोतको डिजाइन, निर्माण र प्रविधि पूर्ण रूपमा भारतमै विकसित गरिएको भन्दै उनले यसलाई आत्मनिर्भर भारत अभियानको सफलताको प्रतीक बताए। भारत रक्षा उत्पादन क्षेत्रमा निरन्तर नयाँ उचाइ हासिल गरिरहेको र स्वदेशी प्रविधिमा आधारित प्रणालीहरूले राष्ट्रिय सुरक्षालाई अझ सुदृढ़ बनाइरहेको उनको भनाइ थियो।

प्रधानमन्त्री मोदीले यसै महिनामा भारतमै निर्मित सी-२९५ सैन्य परिवहन विमानले पहिलो सफल उडान भरेको उल्लेख गर्दै यो केवल एउटा विमानको उडान नभई भारतको उड्डयन तथा रक्षा उत्पादन क्षेत्रको नयाँ उडान भएको बताए। देशमै यस्ता ४० वटा विमान निर्माण गरिने योजना रहेको र यसबाट एयरोस्पेस क्षेत्रमा मजबुती आउनुका साथै युवाहरूका लागि नयाँ रोजगारीका अवसर सिर्जना हुने उनले बताए। यसबाट एमएसएमई क्षेत्र र भारतीय उद्योगहरूले पनि लाभ पाउने उनले उल्लेख गरे।

उनले रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) का वैज्ञानिकहरूको प्रशंसा गर्दै हालै स्वदेशी लङ रेन्ज ल्याण्ड अट्याक क्रुज मिसाइलको सफल परीक्षण भएको बताए। यस उपलब्धिले भारतको रक्षा क्षमतालाई अझ सशक्त बनाएको र अत्याधुनिक सैन्य प्रविधिको विकासमा भारत तीव्र गतिमा अघि बढिरहेको स्पष्ट पारेको उनले बताए।

प्रधानमन्त्रीले अन्तरराष्ट्रिय योग दिवस यस वर्ष विश्वभर अभूतपूर्व उत्साहका साथ मनाइएको उल्लेख गरे। विश्वका २,५०० भन्दा बढी महत्वपूर्ण स्थानमा योगसम्बन्धी कार्यक्रम आयोजना गरिएको र भारतसहित विभिन्न देशका करोडौँ मानिसहरूले स्वस्थ जीवनशैलीका लागि योग अपनाएको उनले बताए।

उनले अहमदाबादमा सम्पन्न विश्व योगासन च्याम्पियनसिप-२०२६ को पनि चर्चा गर्दै भारतीय खेलाडीहरूले १०२ स्वर्णसहित कुल ११४ पदक जितेर विश्वमञ्चमा भारतको योग परम्परा र खेल प्रतिभाको उत्कृष्ट परिचय दिएको बताए।

प्रधानमन्त्री मोदीले असममा सञ्चालन भइरहेको हरगिला संरक्षण अभियान को प्रशंसा गर्दै एक समय हरगिला चरालाई अशुभ मानिने र यसको गुँड भएका रुखहरू समेत काटिने गरेको स्मरण गरे। प्रसिद्ध जीव-वैज्ञानिक पूर्णिमा देवी बर्मन तथा स्थानीय महिलाहरूको प्रयासबाट हजारौँ महिलाले ‘हरगिला आर्मी’ गठन गरी दुर्लभ चराको संरक्षण अभियान सञ्चालन गरेको र आज यही चरा स्थानीय समुदायका लागि गौरवको विषय बनेको उनले बताए। जनसहभागिता र जनचेतनामार्फत सामाजिक सोच परिवर्तन गर्न सकिने यो अभियानले प्रमाणित गरेको उनको भनाइ थियो।

उनले नागाल्याण्डमा खेलकुद प्रवर्द्धनका लागि सञ्चालन गरिएको ‘नागाल्याण्ड बेबी लिग’ को पनि प्रशंसा गरे। पाँचदेखि १२ वर्षसम्मका बालबालिकाका लागि सञ्चालन गरिएको यो फुटबल लिगले बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उनले बताए। तीन वर्ष पूरा गरिसकेको यस लिगमा केटा र केटी दुवै सहभागी हुने र यसले राज्यमा खेल संस्कृतिलाई मजबुत बनाएको उनले उल्लेख गरे।

प्रधानमन्त्रीले ‘नागाल्याण्ड वुमेन फुटसल लिग’ को पनि चर्चा गर्दै यसले नागाल्याण्डका युवतीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै महिलाहरूको खेलकुदमा सहभागिता बढाएको बताए।

सामाजिक सुरक्षा योजनाबारे बोल्दै प्रधानमन्त्रीले प्रधानमन्त्री सुरक्षा बीमा योजना गरीब तथा न्यून आय भएका नागरिकका लागि प्रभावकारी सुरक्षा माध्यम बनेको बताए। वार्षिक मात्र २० रुपियाँ प्रिमियममा २ लाख रुपियाँसम्मको दुर्घटना बीमा उपलब्ध गराउने यस योजनामा हालसम्म ५८ करोडभन्दा बढी नागरिक आबद्ध भएका छन्।

त्यसैगरी प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अन्तर्गत वार्षिक ४३६ रुपियाँ प्रिमियममा २ लाख रुपियाँसम्मको जीवन बीमा उपलब्ध गराइँदै आएको र यसबाट २७ करोडभन्दा बढी नागरिक लाभान्वित भएको जानकारी उनले दिए। यी योजनाको जानकारी धेरैभन्दा धेरै नागरिकसम्म पुर्याउन पनि उनले आग्रह गरे।

प्रधानमन्त्री मोदीले महाराष्ट्रको नान्देड जिल्लाको बहादुरपुरा गाउँस्थित पेठकर परिवारको उदाहरण प्रस्तुत गर्दै विवाह समारोहमा परम्परागत उपहारको सट्टा गाउँका करिब साढे तीन हजार बासिन्दाका लागि दुर्घटना बीमा गराएको उल्लेख गरे। यस पहलअन्तर्गत प्रत्येक व्यक्तिलाई १ लाख रुपियाँ बराबरको बीमा सुविधा उपलब्ध गराइएको उनले बताए। समाजप्रतिको जिम्मेवारी र संवेदनशीलताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै उनले आफ्ना विशेष अवसरहरूलाई समाजसेवासँग जोड्न र आवश्यक परेकाहरूको सहयोगका लागि अघि आउन सबैलाई आह्वान गरे।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande