
गुवाहाटी, ३० जून (हि.स.)। गुवाहाटी पुलिसले शहरको खारघुली क्षेत्रमा लगभग ५२ करोड रुपियाँ मूल्य बराबरका ३७ किलोग्राम सुनका बिस्कुट जफत गरेको छ। यस घटनामा महाराष्ट्र निवासी एक युवकलाई पक्राउ गरिएको छ।
पुलिस अनुसार प्रारम्भिक अनुसन्धानमा यस तस्करीको पछाड़ी कुनै संगठित गिरोह सक्रिय रहेको आशंका गरिएको छ। पुलिसले हवाला सञ्जाल तथा सुनको आपूर्तिसँग सम्बन्धित सम्पूर्ण तन्त्रबारे विस्तृत अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी