
लखनऊ, 05 जुलाई (हि.स.)। आइतवार लखनऊ भ्रमणको दोस्रो दिन भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले प्रदेश भाजपा मुख्यालयमा पार्टीका पूर्व प्रदेश अध्यक्षहरूसँग परिचयात्मक बैठक गरे। प्रदेश भाजपा अध्यक्ष पंकज चौधरीका साथै उपमुख्यमन्त्री केशव प्रसाद मौर्य, जल शक्ति मन्त्री स्वतन्त्र देव सिंह, कृषि मन्त्री सूर्य प्रताप शाही, राज्य सरकारका मन्त्री भूपेन्द्र चौधरी, राज्यसभा सांसद लक्ष्मीकान्त वाजपेयी र पूर्व प्रदेश अध्यक्ष रमापति राम त्रिपाठी उपस्थित रहे। यसपछि भाजपा अध्यक्ष नितिन नवीनले भाजपाका सहयोगी दलका नेताहरूसँग बैठक गरे।
उपस्थित नेताहरूमा रालोदका त्रिलोक त्यागी, निषाद पार्टीका अध्यक्ष संजय निषाद, सुभाषपा अध्यक्ष ओम प्रकाश राजभर र अपना दलका आशिष पटेल थिए। भाजपा अध्यक्षले सबै नेताहरूको कुरा सुने र उनीहरूलाई चुनाउमा विजयी उम्मेदवारहरूलाई मात्र उठाइने आश्वासन दिए।
यसपछि भाजपा अध्यक्ष नितिन नवीनले जियामाउको विश्व संवाद केन्द्रमा राष्ट्रिय स्वयंसेवक संघका पदाधिकारीहरूसँग भेट गरे। भाजपाका राष्ट्रिय महासचिव (संगठन) बीएल सन्तोषको उपस्थितिमा भएको बैठकमा राष्ट्रिय स्वंयसेवक संघका क्षेत्र प्रचारक अनिल, प्रदेश प्रचारक कौशल, क्षेत्र प्रचारक प्रमुख सुभाष, प्रदेश विशेष सम्पर्क प्रमुख प्रशान्त भाटिया, अखिल भारतीय साहित्य परिषदका राष्ट्रिय महामन्त्री डा. पवन पुत्र बादल, इतिहास संकलन योजनाका राष्ट्रिय सह संगठन मन्त्री संजय, विश्व हिन्दू परिषदका क्षेत्र संगठन मन्त्री गजेन्द्र सिंह, प्रान्त संगठन मन्त्री विजय प्रताप, क्षेत्र घुमन्तू कार्य प्रमुख राजेश, अध्यक्ष पंकज चौधरी, प्रदेश महामन्त्री संगठन धर्मपाल सिंह, प्रदेश भाजपा उपाध्यक्ष नीरज सिंह, प्रदेश मन्त्री राहुल वाल्मीकि र प्रदेश भाजपाका मुख्य प्रवक्ता दिनेश प्रताप सिंह उपस्थित रहे।
हिन्दुस्थान समाचार / भवानी थामी