राष्ट्रपति, लोकसभा अध्यक्ष सहित धेरै नेताद्वारा ‘हूल दिवस’ मा वीर शहीदहरूप्रति श्रद्धाञ्जली
राष्ट्रपति, लोकसभा अध्यक्ष सहित धेरै नेताद्वारा ‘हूल दिवस’ मा वीर शहीदहरूप्रति श्रद्धाञ्जली


नयाँ दिल्ली, ३० जून (हि.स.)। राष्ट्रपति , लोकसभा अध्यक्ष तथा केन्द्रिय गृह एवं सहकारिता मन्त्री सहित विभिन्न नेताहरूले ‘हूल दिवस’को अवसरमा भारतको स्वतन्त्रता, आदिवासी अस्मिता तथा सामाजिक न्यायका लागि आफ्नो जीवनको सर्वोच्च बलिदान दिने अमर वीर–वीराङ्गनाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै ‘हूल दिवस’को अवसरमा सिदो–कान्हु, चाँद–भैरव, फूलो–झानो तथा सन्थाल विद्रोहका सबै अमर वीर–वीराङ्गनाहरूको त्याग र बलिदानप्रति सम्मान व्यक्त गरेकी छन्। उनले जनजातिय समाजमाथिको शोषण विरुद्ध तथा उनीहरूको पहिचान र अस्मिताको रक्षाका लागि उनीहरूले ऐतिहासिक संघर्ष गरेको उल्लेख गर्दै उनीहरूको साहस, त्याग र बलिदानले सधैं देशवासीहरूलाई प्रेरित गरिरहने बताइन्।

लोकसभा अध्यक्ष बिरलाले महान क्रान्तिकारी सिदो र कान्हुको नेतृत्वमा सम्पन्न ऐतिहासिक सन्थाल हुल आन्दोलनका हजारौं आदिवासी महिला तथा पुरुष योद्धाहरूलाई नमन गर्दै औपनिवेशिक शासन, शोषण र अन्यायविरुद्ध उनीहरूले अदम्य साहसका साथ संघर्षको बिगुल फुकेको बताए। जल, जंगल, जमिन, स्वाभिमान तथा आफ्नो अस्तित्वको रक्षाका लागि लड़िएको यो आन्दोलन एक महान जनआन्दोलन भएको उल्लेख गर्दै उनले यस जनक्रान्तिले भारतीय स्वतन्त्रता संग्रामलाई नयाँ ऊर्जा प्रदान गरेको र पछि भएका धेरै आन्दोलनहरूका लागि प्रेरणाको स्रोत बनेको बताए। उनले अमर शहीदहरूको वीरता, त्याग र राष्ट्रप्रेमले भावी पुस्तालाई सधैं प्रेरित गरिरहने विश्वास व्यक्त गरे।

गृह मन्त्री अमित शाहले जनजातिय स्वाभिमान तथा स्वतन्त्रता संग्रामका महानायक सिदो–कान्हु मुर्मु, चाँद–भैरव तथा वीराङ्गना फूलो–झानोले बेलायती शासन विरुद्ध संघर्षको यस्तो शंखनाद गरेका थिए, जसले पराधीनता विरुद्ध जनमानसमा प्रतिरोधको चेतना जगाएको बताए।

केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री ले सन्थाल हुल दिवस जनजातिय समुदायले स्वतन्त्रताका लागि गरेको संघर्षको प्रतीक भएको बताए। उनले आजको दिन अन्याय र अत्याचार विरुद्ध लड्दै आफ्नो सम्पूर्ण जीवन राष्ट्रका लागि समर्पण गर्ने महान देशभक्तहरूलाई स्मरण गर्ने दिन भएको उल्लेख गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande