यस पटक अमरनाथ यात्राको सुरक्षा व्यवस्था हुनेछ हाईटेक, एजेन्सीहरूले बहुस्तरीय सुरक्षा व्यवस्था लागू गरे
यस पटक अमरनाथ यात्राको सुरक्षा व्यवस्था हुनेछ हाईटेक, एजेन्सीहरूले बहुस्तरीय सुरक्षा व्यवस्था लागू गरे


जम्मू, ३० जून (हि.स.)। जम्मू-कश्मीर केन्द्रशासित प्रदेशमा अमरनाथ यात्रा जुलाई ३ तारिखदेखि शुरु हुन लागेको छ। यस यात्रालाई ध्यानमा राख्दै यस पाली सुरक्षा व्यवस्था पूर्ण रूपमा हाईटेक बनाइएको छ।

जम्मूमा स्थापना गरिएको अत्याधुनिक इन्टिग्रेटेड कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई यात्रा सुरक्षाको केन्द्रिय सेन्टर बनाइएको छ। यहाँबाट यात्रा मार्ग, बेस क्याम्प, संवेदनशील क्षेत्रहरू तथा सुरक्षाकर्मीहरूको गतिविधिमाथि चौबीसै घण्टा डिजिटल निगरानी गरिनेछ। यात्रालाई मध्यनजर गर्दै सुरक्षा निकायहरूले बहुस्तरीय सुरक्षा व्यवस्था लागू गरिसकेका छन्।

इन्टिग्रेटेड कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा विभिन्न सुरक्षा निकायहरूको प्रत्यक्ष (लाइभ) फिड एकीकृत गरिएको छ। हाई–रिजोलुसन सीसीटीभी क्यामेरा, एआई (कृत्रिम बुद्धिमत्ता) आधारित भीडियो एनालिटिक्स, फेस रिकग्निसन प्रविधि, ड्रोन निगरानी तथा जीपीएस आधारित ट्र्याकिङ प्रणाली मार्फत यात्रा मार्गका प्रत्येक गतिविधिमाथि निगरानी राखिएको छ।

अधिकारीहरू अनुसार कुनै पनि शंकास्पद गतिविधि देखिएमा कन्ट्रोल सेन्टरबाट सम्बन्धित सुरक्षाकर्मीहरूलाई तत्काल सतर्कता (अलर्ट) पठाउन सकिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande