
मथुरा, ३० जून (हि.स.)। उत्तर प्रदेशको मथुरामा आज बिहान लगभग ३:३० बजी यमुना एक्सप्रेसवेमा लखनउबाट दिल्लीतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको एक भोल्भो बस अगाड़ी गुड़िरहेको गिट्टी बोकेको ट्रेलरको पछाड़ी ठोक्कियो। दुर्घटनामा चार यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने लगभग २० जना घाइते भएका छन्। ठक्कर यति भीषण थियो कि बसको अगाड़ीको भाग ट्रेलरभित्र छिरेर पूर्ण रूपमा च्यापिएको थियो।
यो दुर्घटना एक्सप्रेसवेको माइलस्टोन ११२ र ११३ बीच, राया कटभन्दा लगभग दुई किलोमिटर अगाड़ी भएको हो। दुर्घटनापछि घटनास्थलमा खैलाबैला मच्चिएयो। सूचना प्राप्त हुनासाथ पुलिस, अग्नि नियन्त्रण सेवा, एसडीआरएफ तथा प्रशासनका टोलीहरू घटनास्थलमा पुगे। स्थानीय बासिन्दाहरूको सहयोगमा बसभित्र फसेका यात्रुहरूलाई बाहिर निकालिएको तथा घाइतेहरूलाई अस्पताल पठाइयो।
ग्रामीण क्षेत्रका पुलिस अधीक्षक सुरेश चन्द्र रावतले जानकारी दिँदै गिट्टी बोकेको ट्रेलर आफ्नो लेनमा गइरहेको बेला पछाड़ीबाट आइरहेको गोला बस सर्भिसको भोल्भो बस अनियन्त्रित भई ट्रेलरमा ठोक्किएको बताए। दुर्घटनाको सूचना बिहान ३:३५ बजी कन्ट्रोल रुममा प्राप्त भएको थियो, त्यसपछि ८ वटा पीआरबी र १२ वटा एम्बुलेन्स घटनास्थलमा पठाइयो। घाइतेहरूलाई तुरन्तै अस्पताल पुर्याउन ग्रीन करिडोरको व्यवस्था पनि गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी