असमको बराक उपत्यकामा १३ करोड़ रुपियाँ बराबरको लागुऔषध जफत, छह तस्कर पक्राउ
असमको बराक उपत्यकामा १३ करोड़ रुपियाँ बराबरको लागुऔषध जफत, छह तस्कर पक्राउ


गुवाहाटी, १ जुलाई (हि.स.)। असम पुलिसले बराक उपत्यका अन्तर्गत र जिल्लामा सञ्चालन गरेको संयुक्त अभियानका क्रममा लगभग १३ करोड़ रुपियाँ मूल्य बराबरको लागुऔषध जफत गर्दै छह जना अभियुक्तलाई पक्राउ गरेको छ।

असमका मुख्यमन्त्रीले बुधवार सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै लागुऔषध तस्करहरूले “यो व्यापार हो” भन्ने दाबी गरेपनि असम पुलिसको स्पष्ट जवाफ “असममा होइन” रहेको बताएका छन्।

पुलिसले अभियानका क्रममा ४९ हजार ८०० वटा याबा ट्याब्लेट तथा ५३५ ग्राम हेरोइन जफत गरेको जनाएको छ। जफत गरिएका लागुऔषधहरूको अन्तरराष्ट्रिय बजारमा अनुमानित मूल्य लगभग १३ करोड रुपियाँ रहेको बताइएको छ।

मुख्यमन्त्री सरमाले अवैध लागुऔषध कारोबारमा संलग्न हुनुको सट्टा सरकारद्वारा सञ्चालित विभिन्न जनकल्याणकारी योजनाहरूको लाभ उठाएर वैध जीविकोपार्जन अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

उनले राज्य सरकारद्वारा सञ्चालन भइरहेको अभियान अन्तर्गत लागुऔषध तस्करी तथा नशाजन्य पदार्थको अवैध कारोबार विरुद्ध कड़ा कारबाही निरन्तर जारी रहने प्रतिबद्धता समेत दोहोर्याएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande