गुवाहाटीस्थित बीबीसीआईमा २९२ शय्याको अत्याधुनिक क्यान्सर युनिट चाँडै सञ्चालनमा आउने
गुवाहाटी स्थित डॉ. भुवनेश्वर बोरूआ कैंसर संस्थान (बीबीसीआई) परिसर में निर्माणाधीन 292 बेड की अत्याधुनिक बाल एवं वयस्क हीमेटोलिम्फॉयड कैंसर यूनिट की बहुमंजिला इमारत, जिसका काम अंतिम चरण में है।


गुवाहाटी स्थित डॉ. भुवनेश्वर बोरूआ कैंसर संस्थान (बीबीसीआई) परिसर में निर्माणाधीन 292 बेड की अत्याधुनिक बाल एवं वयस्क हीमेटोलिम्फॉयड कैंसर यूनिट की बहुमंजिला इमारत, जिसका काम अंतिम चरण में है।


– पूर्वोत्तर भारतमा बोन म्यारो प्रत्यारोपणसहित अत्याधुनिक क्यान्सर उपचार आफ्नै क्षेत्रमा उपलब्ध हुने

नयाँ दिल्ली, 01 जुलाई (हि.स.)। असमको गुवाहाटीस्थित डा. भुवनेश्वर बरुवा क्यान्सर इन्स्टिच्युट (बीबीसीआई) मा २९२ शय्याको अत्याधुनिक बाल तथा वयस्क हीमेटोलिम्फोइड क्यान्सर युनिट चाँडै सञ्चालनमा आउने भएको छ। यो सुविधा सञ्चालनमा आएपछि पूर्वोत्तर भारतका हजारौँ क्यान्सर बिरामीले उपचारका लागि दिल्ली, मुम्बई वा भेल्लोर जानुपर्ने बाध्यता लगभग अन्त्य हुने अपेक्षा गरिएको छ।

नयाँ युनिटमा बोन म्यारो प्रत्यारोपण, अत्याधुनिक किमोथेरापी, बाल क्यान्सरको विशेष उपचार तथा आधुनिक आईसीयूजस्ता विश्वस्तरीय स्वास्थ्य सेवा आफ्नै क्षेत्रमै उपलब्ध हुनेछन्। विशेष गरी ब्लड क्यान्सर, ल्युकेमिया र लिम्फोमाबाट पीडित बिरामीहरूका लागि यो केन्द्र नयाँ आशा र राहतको केन्द्र बन्ने विश्वास गरिएको छ।

प्रधानमन्त्री डेभलपमेन्ट इनिशिएटिव फर नर्थ ईस्ट (पीएम‑डिवाइन) योजनाअन्तर्गत पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयको सहयोगमा निर्माण भइरहेको यो परियोजना अन्तिम चरणमा पुगेको छ। हालसम्म निर्माण कार्यको भौतिक प्रगति ७८.९० प्रतिशत पुगेको छ भने अन्तिम सजावट तथा फिनिसिङको काम जारी छ। परियोजनाको कार्यादेश ३१ मई, २०२३ मा जारी गरिएको थियो र जून महिनासम्म ३३.९१ करोड़ रुपियाँ निकासा भइसकेको छ। संस्थानले निर्धारित समयमै सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ।

बीबीसीआईका सर्जिकल अङ्कोलोजी विभागका प्राध्यापक तथा प्रशासनिक निर्देशक डा. बिभूति भूषण बोरठाकुरले यो परियोजनाले पूर्वोत्तर भारतमा क्यान्सर उपचारको क्षेत्रमा ऐतिहासिक परिवर्तन ल्याउने बताए। उनका अनुसार, नयाँ युनिटमा बालबालिका र वयस्क दुवैका ब्लड क्यान्सर उपचारका लागि छुट्टै सुविधा हुनेछ। बोन म्यारो प्रत्यारोपण सेवा शुरु भएपछि बिरामीहरूलाई उपचारका लागि अन्य राज्य धाउनुपर्ने आवश्यकता निकै कम हुनेछ। साथै रोबोटिक शल्यक्रिया, मोलिक्युलर डायग्नोस्टिक्सलगायत अत्याधुनिक प्रविधि पनि चरणबद्ध रूपमा समावेश गरिनेछ। उनले यो केन्द्र पूर्वोत्तर तथा पूर्वी भारतकै प्रमुख रेफरल अस्पतालका रूपमा विकास हुने विश्वास व्यक्त गरे।

परियोजनाको सबैभन्दा महत्वपूर्ण विशेषता बोन म्यारो प्रत्यारोपण सुविधा हो। हालसम्म ब्लड क्यान्सर तथा गम्भीर रक्तसम्बन्धी रोगका बिरामीहरूले यस्तो उपचारका लागि देशका सीमित केन्द्रमा मात्र जानुपर्ने अवस्था रहेको छ। अब यो सुविधा पूर्वोत्तरमै उपलब्ध भएपछि बिरामीहरूले समयमै उपचार पाउने र उपचारको सफलता दर पनि बढ्ने अपेक्षा गरिएको छ।

बीबीसीआईले यसअघि पनि क्यान्सर उपचार र अनुसन्धानमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। सामुदायिक स्तरमा पेटको क्यान्सर स्क्रिनिङ कार्यक्रम शुरु गर्ने देशकै पहिलो संस्थान यही हो। क्यान्सर सचेतना, अनुसन्धान तथा प्रारम्भिक परीक्षणमा समेत यस संस्थानले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। यहाँ लाइफ-प्रोटोन थेरापी जस्ता आधुनिक उपचार प्रविधि र क्यान्सर अनुसन्धानलाई समेत प्रवर्द्धन गरिँदै आएको छ। विशेषज्ञहरूका अनुसार, क्यान्सरबाट हुने मृत्युदर घटाउन प्रारम्भिक पहिचान र समयमै उपचार नै सबैभन्दा प्रभावकारी उपाय हो।

करीब ३००.१६ करोड रुपियाँ लागतको यस परियोजनाअन्तर्गत २९२ शय्याको आधुनिक अस्पताल भवन निर्माण भइरहेको छ। करिब १९ हजार ६७५ वर्गमिटर क्षेत्रफलमा फैलिएको यस भवनमा ओपीडी, आईपीडी, आईसीयू, स्टेप-डाउन आईसीयू, बोन म्यारो प्रत्यारोपण युनिट, आधुनिक अपरेशन थिएटर, उन्नत प्रयोगशाला तथा डायग्नोस्टिक सेवाहरू रहनेछन्। साथै भर्ना भएका बिरामी र उनीहरूका आफन्तका लागि आवश्यक सहायक स्वास्थ्य सेवा तथा आधुनिक सीप विकास केन्द्र पनि निर्माण भइरहेको छ, जहाँ अङ्कोलोजी क्षेत्रका चिकित्सक, नर्स, प्राविधिक तथा स्वास्थ्यकर्मीलाई तालिम दिइनेछ।

गुवाहाटीस्थित बीबीसीआई हाल पूर्वोत्तर भारतकै सबैभन्दा ठूलो क्यान्सर उपचार केन्द्र हो। भारतको परमाणु ऊर्जा विभागको सहयोगमा सञ्चालित यो संस्थान मुम्बईस्थित टाटा मेमोरियल सेन्टरको एक एकाइका रूपमा सञ्चालन भइरहेको छ। यहाँ हाल वार्षिक ४० देखि ४५ हजार क्यान्सर बिरामीको उपचार हुने गरेको छ भने हरेक वर्ष औसत १२ हजार नयाँ बिरामी उपचारका लागि आउने गरेका छन्। त्यसैले बीबीसीआईलाई पूर्वोत्तर भारतको क्यान्सर उपचारको मेरुदण्डका रूपमा हेरिन्छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार, भारतमा प्रति एक लाख जनसंख्यामा वार्षिक क्यान्सरको दर करिब ९० देखि १२० रहेको छ, जबकि पूर्वोत्तर भारतमा यो संख्या २२० देखि २७० सम्म पुगेको छ। हरेक वर्ष यस क्षेत्रमा ४५ हजारभन्दा बढी नयाँ क्यान्सर बिरामी पहिचान हुने गरेका छन्। तम्बाकू र सुपारीको सेवन, खानपानको शैली तथा सामाजिक-भौगोलिक कारणले यस क्षेत्रमा क्यान्सरको जोखिम उच्च रहेको विज्ञहरूको भनाइ छ।

आईसीएमआरका तथ्याङ्कअनुसार, सिक्किमका करिब ९५ प्रतिशत, नागाल्यान्डका ५८ प्रतिशत, मणिपुरका १६ प्रतिशत र मेघालयका १३ प्रतिशत क्यान्सर बिरामी विशेष उपचारका लागि हालसम्म पूर्वोत्तर बाहिर जान बाध्य छन्। विशेषगरी ब्लड क्यान्सर र बाल क्यान्सरका बिरामीमा यो निर्भरता अझ बढी देखिएको छ। नयाँ सुविधा सञ्चालनमा आएपछि बिरामीहरूले समयमै गुणस्तरीय उपचार आफ्नै क्षेत्रमा पाउने विश्वास गरिएको छ।

यो परियोजना पीएम-डिभाइन) योजनाअन्तर्गत विकास भइरहेको हो। भारत सरकारले आर्थिक वर्ष २०२२-२३ को बजेटमार्फत यो योजना घोषणा गरेको थियो, जसका लागि प्रारम्भिक चरणमा १,५०० करोड रुपियाँ विनियोजन गरिएको थियो। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय तथा नर्थ इस्टर्न काउन्सिलमार्फत कार्यान्वयन भइरहेको यस योजनाको उद्देश्य पूर्वोत्तर राज्यहरूमा जनतासम्म प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार परियोजनालाई प्रोत्साहन गर्नु हो। बीबीसीआईको यो परियोजना उक्त योजनाअन्तर्गतको सबैभन्दा महत्वपूर्ण स्वास्थ्य परियोजनामध्ये एक मानिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande