
नयाँ दिल्ली, 0१ जुलाई (हि.स.)। राष्ट्रिय चिकित्सक (डाक्टर) दिवसको अवसरमा प्रधानमन्त्रीले बुधवार देशभरिका चिकित्सकहरूलाई शुभकामना दिँदै उनीहरूको समर्पण, करुणा र सेवाभावको प्रशंसा गरेका छन्। प्रधानमन्त्रीले डाक्टरहरूको कठोर परिश्रम, संवेदनशीलता र प्रतिबद्धता भारतको स्वास्थ्य व्यवस्थाको मेरुदण्ड भएको बताएका छन्। चुनौतीपूर्ण परिस्थितिहरूमा समेत चिकित्सकहरूले निरन्तर सेवा प्रदान गरेर करोडौं मानिसहरूको विश्वास र कृतज्ञता प्राप्त गरेको उनले उल्लेख गरे।
प्रधानमन्त्री मोदीले एक्स मार्फत विगत एक दशकमा भारतले स्वास्थ्य क्षेत्रलाई सुदृढ़ बनाउन उल्लेखनीय प्रगति गरेको बताएका छन्। उनी अनुसार, देशमा मेडिकल कलेजहरूको संख्या दोब्बरभन्दा बढ़ी भएको छ भने स्नातक तथा स्नातकोत्तरका मेडिकल सिटहरूमा पनि व्यापक वृद्धि भएको छ। यसले भावी डाक्टरहरूका लागि नयाँ अवसर सिर्जना गरेको, स्वास्थ्य क्षेत्रलाई अझ् सशक्त बनाएको तथा देशका सबै भागमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण योगदान दिएको उनले बताए।
प्रधानमन्त्रीले विकसित भारत निर्माणको यात्रामा डाक्टरहरूको भूमिका अझ् महत्वपूर्ण हुने बताए। उनले चिकित्सकहरूले निवारक स्वास्थ्य सेवाको प्रवर्द्धन, चिकित्सा अनुसन्धानको विकास, नवाचारलाई पुर्याउन तथा सबै नागरिकसम्म सुलभ र किफायती स्वास्थ्य सेवा पुर्याउने कार्यमा महत्वपूर्ण योगदान दिइरहने विश्वास व्यक्त गरे।
केन्द्रिय स्वास्थ्यमन्त्रीले पनि देशभरिका चिकित्सकहरूलाई शुभकामना दिँदै राष्ट्रसेवाप्रति चिकित्सा समुदायको समर्पणका लागि आभार व्यक्त गरेका छन्। उनले डाक्टरहरूले आफ्नो अटल निष्ठा, उत्कृष्ट व्यावसायिक क्षमता र मानवताप्रतिको करुणामय सेवाभावमार्फत समाजलाई अमूल्य सेवा प्रदान गरेको बताए।
नड्डाले एक्स मार्फत राष्ट्रिय डाक्टर दिवसको अवसरमा सम्पूर्ण चिकित्सा समुदायप्रति हार्दिक प्रशंसा र कृतज्ञता व्यक्त गर्दै डाक्टरहरूको अमूल्य योगदानलाई सम्मान गरेका छन्। साथै उनले सबै चिकित्सकहरूको उत्तम स्वास्थ्य, सुख-समृद्धि तथा निरन्तर सफलताको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी