आगरा–लखनउ एक्सप्रेसवेमा सड़क दुर्घटना, पाँच जनाको मृत्यु
आगरा–लखनउ एक्सप्रेसवेमा सड़क दुर्घटना, पाँच जनाको मृत्यु


उन्नाव, १ जुलाई (हि.स.)। उत्तर प्रदेशको उन्नाव जिल्लाको बाँगरमऊ कोतवाली क्षेत्रअन्तर्गत आज बिहान सबेरै आगरा–लखनउ एक्सप्रेसवेमा भएको सड़क दुर्घटनामा कारमा सवार पाँच जनाको मृत्यु भएको छ भने बसमा सवार १७ जना घाइते भएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला अधिकारी , पुलिस अधीक्षक तथा बाँगरमऊका एसडीएमले घटनास्थलमा पुगेर अवस्थाको निरीक्षण गरे। जिल्ला अधिकारी अनुसार, आज बिहान लगभग 4:३० बजी एउटा बस फरीदाबादबाट बिहारतर्फ जाँदैथियो। आगरा–लखनउ एक्सप्रेसवेको देवखरी गाउँ नजिक पुग्दा बस चालकलाई निद्रा लागेका कारण बस नियन्त्रण बाहिर गई डिभाइडर तोड्दै सड़कको अर्को लेनमा पुग्यो र खाल्डोमा खस्यो। त्यही समय लखनउबाट मथुरातर्फ जाँदै गरेको अर्टिगा कारसँग बस ठोक्कियो। कारमा नौ जना सवार थिए। तीमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासनले बताएको छ। अन्य चार जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ। बसमा सवार केही यात्रुहरू पनि घाइते भएका थिए, उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको र अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान दिव्या (६), अमृता (१३), अञ्जु (४०), धुनमुन (६०) तथा कार चालक विनोद (४५) का रूपमा भएको छ। उनीहरू सबै सन्त कबीरनगरका बासिन्दा तथा एउटै परिवारका सदस्य रहेको बताइएको छ।

पुलिसले घटनाबारे मृतकका परिवारजनलाई जानकारी गराउँदै आवश्यक कानूनी प्रक्रिया अगाड़ी बढ़ाएको छ। दुर्घटनाग्रस्त सवारीसाधनहरू हटाइसकिएको र यातायात सञ्चालन सामान्य बनाइएको प्रशासनले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande