उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न नेताद्वारा वेंकैया नायडूलाई जन्मदिनको शुभकामना
उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न नेताद्वारा वेंकैया नायडूलाई जन्मदिनको शुभकामना


नयाँ दिल्ली, १ जुलाई (हि.स.)। भारतका उपराष्ट्रपति , प्रधानमन्त्री , लोकसभा अध्यक्ष लगायत विभिन्न प्रमुख नेताहरूले पूर्व उपराष्ट्रपतिलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनको दीर्घायु, सुस्वास्थ्य तथा राष्ट्रसेवाप्रतिको योगदानको प्रशंसा गरेका छन्।

उपराष्ट्रपति सी. पी. राधाकृष्णनले वेंकैया नायडूलाई जन्मदिनको शुभकामना दिँदै उनलाई प्रतिष्ठित तथा दूरदर्शी राजनीतिज्ञको संज्ञा दिएका छन्। उनले राष्ट्र निर्माणप्रति नायडूको अटल प्रतिबद्धता, संसदीय परम्पराप्रति सम्मान तथा विपन्न एवं वञ्चित वर्गको कल्याणका लागि गरेको समर्पण सबैका लागि प्रेरणादायी रहेको बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शुभकामना सन्देशमा वेंकैया नायडूले लामो सार्वजनिक जीवनमा देशको विकास तथा गरीबहरूको सेवाप्रति समर्पित रहँदै विशिष्ट पहिचान निर्माण गरेको उल्लेख गरेका छन्। उनले कृषि तथा ग्रामीण विकास क्षेत्रमा नायडूको विशेष योगदानको प्रशंसा गर्दै लामो समयसम्म सँगै काम गरेको अनुभवलाई स्मरण गरेका छन्। साथै उनले नायडूको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले पनि पूर्व उपराष्ट्रपति नायडूलाई जन्मदिनको शुभकामना दिँदै उनको उत्तम स्वास्थ्य, खुशी र दीर्घ जीवनको कामना गरेका छन्।

केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्रीले जनराजनीतिदेखि उपराष्ट्रपतिको पदसम्मको यात्रामा वेंकैया नायडूले संवैधानिक मूल्यहरूको संरक्षण तथा जनहितका मुद्दाहरू उठाउने कार्यमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको बताएका छन्। उनले युवा राजनीतिज्ञहरूले नायडूको सार्वजनिक जीवनबाट प्रेरणा लिनुपर्ने उल्लेख गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande