
जम्मू, १० जुलाई (हि.स.)। पवित्र अमरनाथ गुफाको दर्शनका लागि ८,५०० भन्दा बढ़ी तीर्थयात्रीहरूको नवौं जत्था शुक्रवार कड़ा सुरक्षा व्यवस्थाबीच जम्मू स्थित भगवती नगर यात्री निवास आधार शिविरबाट दक्षिण कश्मीर हिमालय क्षेत्रमा रहेका गुफा मन्दिरका दुई आधार शिविरतर्फ प्रस्थान गरेको छ।
अधिकारीहरू अनुसार, आज बिहान जम्मू आधार शिविरबाट ३५४ वटा सवारीसाधनको काफिलामा ८,७९६ जना तीर्थयात्री प्रस्थान गरेका छन्। काफिलामा साना तथा ठूला दुवै प्रकारका मोटर सवारीसाधन समावेश थिए।
यस जत्थामध्ये ३,४५० जना तीर्थयात्री बालटालतर्फ र ५,३४६ जना पहलगाम मार्गतर्फ गएका छन्। तीर्थयात्रीहरूलाई बहुस्तरीय सुरक्षा घेराभित्र यात्रा गराइएको छ। यात्रा सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले नागरिक प्रशासन, पुलिस, सुरक्षा निकाय तथा श्री अमरनाथ श्राइन बोर्डले संयुक्त रूपमा आवश्यक व्यवस्था गरेका छन्।
यात्रा शुरु भएयता पछिल्ला सात दिनमा देशका विभिन्न भागबाट आएका कुल १,७१,५०१ जना तीर्थयात्रीहरूले अमरनाथ गुफा मन्दिरमा दर्शन गरिसकेका छन्।
जम्मू–कश्मीर प्रशासनले तीर्थयात्रीहरूलाई अनिवार्य रूपमा पुष्टि भएको दर्ता (रजिस्ट्रेशन) र तोकिएको यात्रा मितिअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ। प्रशासनले दर्ता नभएका कुनै पनि तीर्थयात्रीलाई आधार शिविरसम्म जान अनुमति नदिइने स्पष्ट गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी