असमः सदनमा वित्तमन्त्रीले पेश गरे 419.26 करोड़को घाटा भएको बजेट
बजेट


गुवहाटी, 10 जुलाई (हि.स.)। असम विधानसभाको बजेट सत्रको पाँचौं दिन वित्तमन्त्री जयन्त मल्लबरुआले 2026-27 को लागि 419.26 करोड़ रुपियाँ घाटा भएको बजेट प्रस्तुत गरे। मस्यौदा बजेट पढ्दै वित्तमन्त्रीले 2026-27 को मस्यौदा बजेटमा कूल 1,51,843.23 करोड़ रुपियाँ प्राप्ति भएको बताए। यसमध्ये 1,18,562.23 करोड़ रुपियाँ राजस्व मदमा र बाँकी 33,281 करोड़ रुपियाँ पूँजी मदमा छ।

उनले यो पनि भने कि सार्वजनिक पूँजीमा 134466.22 करोड़ रुपियाँ र आकस्मिक पूँजीमा 2000 करोड़ रुपियाँ थपेपछि कूल आम्दानी 288309.45 करोड़ रुपियाँ हुनेछ। यसको विपरीत 2026-27 को लागि राज्यको एकीकृत निधिबद्ध कूल व्ययको मात्रा 156714.88 करोड़ हुने अनुमान गरिएको छ।

यस वर्ष राजस्व खर्च लगभग 1,18,562.23 करोड़ र पूँजीगत खर्च लगभग 38,152.65 करोड़ अनुमान गरिएको छ। 1,26,369.57 करोड़ राजस्व खर्च र 2,000 करोड़ आकस्मिक पूँजीगत खर्च जोड्दा वर्षको कुtल अनुमानित खर्च 2,85,084.45 करोड़ रूपियाँ हुनेछ।

वित्तमन्त्रीले यस आर्थिक वर्षमा कारोबारबाट अनुमानित राजस्व 3225 करोड़ हुने बताए। 3644.26 करोड़को प्रारम्भिक घाटा थप्दा 2026-27 को अन्त्यसम्ममा बजेट घाटा 419.26 करोड़ रूपियाँ हुनेछ। 2026-27 आर्थिक वर्षको बजेटले राज्यको कूल सकल घरेलू उत्पादको 3 प्रतिशतको वित्तीय घाटा लक्ष्य राखेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande