
नयाँ दिल्ली, १० जुलाई (हि.स.)। अब बजारमा उच्च मात्रामा अल्कोहल भएका औषधिहरू लाइसेन्स र डाक्टरको प्रेस्क्रिप्सन बिना उपलब्ध हुने छैनन्। केन्द्र सरकारले ड्रग्स रुल्स, १९४५ मा संशोधन गर्दै उच्च मात्रामा अल्कोहल (इथाइल अल्कोहल) भएका औषधिहरूको बिक्री तथा वितरणमा कड़ा नियम लागू गरेको छ।
यस अन्तर्गत अब १२ प्रतिशतभन्दा बढ़ी इथाइल अल्कोहल भएको र ३० मि.लि.भन्दा बढ़ी परिमाणका सबै औषधीय तयारीहरूलाई पहिले झैँ शेड्यूल अन्तर्गत दिइँदै आएको छुट प्राप्त हुने छैन। अर्थात् अब यस्ता औषधिहरूको उत्पादन र बिक्रीका लागि लाइसेन्स लिन अनिवार्य हुनेछ।
सरकारले यी औषधिहरूलाई शेड्युल एच–१ (Schedule H1) मा समावेश गरेको छ। यसको अर्थ अब यी औषधिहरू केवल पंजीकृत डाक्टरको प्रेस्क्रिप्सनमा मात्र बिक्री गर्न पाइनेछ। साथै, मेडिकल स्टोरहरूले यस्ता औषधिको बिक्री सम्बन्धी सम्पूर्ण अभिलेख राख्नुपर्नेछ। यस कदमको उद्देश्य यस्ता औषधिहरूको दुरुपयोग रोक्नु तथा सार्वजनिक स्वास्थ्यको अझ् राम्रो सुरक्षा सुनिश्चित गर्नु हो।
स्वास्थ्य मन्त्रालयले आज जारी गरेको सूचना अनुसार, इलायची, अदुवा तथा अन्य सुगन्धित टिन्चरजस्ता केही औषधीय तयारीहरूमा ८०–९० प्रतिशतसम्म इथाइल अल्कोहल पाइन्छ। विभिन्न राज्यहरूबाट यी औषधिहरूलाई औषधिको सट्टा नशाका लागि प्रयोग गरिने गरेको गुनासो प्राप्त भएपछि यो निर्णय गरिएको हो।
मन्त्रालय अनुसार, नयाँ नियम लागू भएपछि यस्ता औषधिहरूको बिक्री केवल अधिकृत औषधि आपूर्ति प्रणाली मार्फत मात्र हुनेछ। यसबाट दुरुपयोगमा रोक लाग्नेछ भने वास्तविक बिरामीहरूले आवश्यकता अनुसार औषधि भने पहिलेझैँ प्राप्त गर्न सक्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी