प्रधानमन्त्री मोदीले दिए निःस्वार्थ सेवा र समर्पणको सन्देश
प्रधानमन्त्री मोदीले दिए निःस्वार्थ सेवा र समर्पणको सन्देश


नयाँ दिल्ली, १० जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले निःस्वार्थ सेवा, लोककल्याण तथा समर्पणको भावनालाई उजागर गर्दै आज एक्समार्फत एक सुभाषित साझा गरेका छन्। उनले निःस्वार्थ भावले गरिएको कर्म नै मानवताको सबैभन्दा ठूलो शक्ति भएको बताउँदै यही सेवाभावका साथ देश प्रत्येक नागरिकको जीवनलाई अझ राम्रो बनाउने सङ्कल्पका साथ अघि बढ़िरहेको उल्लेख गरेका छन्।

सुभाषित यस प्रकार छ—

“हितं यत्सर्वभूतानामात्मानश्च सुखावहम्। तत्कुर्यादीश्वरे ह्येतन्मूलं सर्वार्थसिद्धये।। ”

यसको अर्थ, मानिसले केवल त्यस्ता कार्यहरू गर्नुपर्छ जुन सबै प्राणीहरूको हितमा हुन् र जसबाट उसको आत्मालाई सुख तथा शान्ति प्राप्त होस्। यही नै ईश्वरप्रतिको सच्चा समर्पण हो र यही सबै प्रकारका सफलता तथा आध्यात्मिक सिद्धिको मूल आधार हो।

प्रधानमन्त्रीले भने, “निःस्वार्थ कर्म नै मानवताको सबैभन्दा ठूलो शक्ति हो। हामी सेवा र समर्पणको यही भावनासहित प्रत्येक व्यक्तिको जीवनलाई अझ राम्रो बनाउने सङ्कल्प लिएर अघि बढ़िरहेका छौँ।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande