
लखनउ, १० जुलाई (हि.स.)। , बहुजन समाज पार्टी (बसपा) की राष्ट्रिय अध्यक्षले स्वार्थका लागि जनतालाई उक्साएर सड़कमा उतार्ने संगठन तथा राजनीतिक दलहरूप्रति सतर्क रहन आग्रह गरेकी छन्। उनले आफ्ना समर्थकहरूलाई कानूनको दायराभित्र रहेर संघर्ष गर्न अपिल गरिन्।
मायावतीले माल एभेन्यु स्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा देशका करोड़ौं दलित तथा उपेक्षित वर्गले आफ्ना मौलिक अधिकार प्राप्त गर्न र समस्याको समाधान गर्न केन्द्र तथा राज्यको राजनीतिक सत्ताको चाबी आफ्नै हातमा लिनुपर्ने आवश्यकता पुनः दोहोर्याइन्।
उनले चेतावनी दिँदै भनिन् कि केही संगठन र राजनीतिक दलहरूले आफ्ना संकीर्ण राजनीतिक स्वार्थका लागि दुःखी तथा पीड़ित वर्गका मानिसहरूलाई उक्साएर सड़क आन्दोलन, हुलदंगा तथा सडक अवरोध जस्ता गतिविधिमा संलग्न गराउँछन्। त्यसपछि ती दलका नेताहरू घटनास्थलमा पुगेर गोहीका आँसु झार्दै राजनीतिक लाभ उठाउने प्रयास गर्छन्। यस्ता गतिविधिबाट पीड़ितहरूले न्याय पाउने सम्भावना कम हुने र बरु उनीहरूको समस्या तथा दुःख अझ् बढ्ने उनको भनाइ थियो।
मायावतीले बाबा साहेब डा. भीमराव अम्बेडकरले देखाएको सही र शान्तिपूर्ण मार्ग अपनाउनुपर्नेमा जोड दिइन्। उनले एकता र भोटको शक्तिबाट सत्ताको ‘मास्टर चाबी’ प्राप्त गर्नु नै सबै समस्याको प्रभावकारी समाधान भएको बताइन्। यस लक्ष्यका लागि बसपा निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै यस मार्गबाट विचलित नहुन आग्रह गरिन्।
उनले विशेषगरी विधानसभा, लोकसभा तथा स्थानीय तहका निर्वाचन नजिकिँदै जाँदा यस्ता संगठन र राजनीतिक दलहरूप्रति दलित तथा उपेक्षित वर्गका मानिसहरू अझ् बढ़ी सचेत र सतर्क रहनुपर्ने आवश्यकता औंल्याइन्।
हिन्दुस्थान समाचार / भवानी थामी