
गुवाहाटी, 12 जुलाई (हि.स.)। असम पुलिसले लागूऔषधविरुद्ध सञ्चालन भइरहेको अभियानअन्तर्गत ठूलो सफलता हासिल गर्दै श्रीभूमि जिल्लाबाट करिब एक करोड़ रुपियाँ मूल्य बराबरका १० हजार याबा ट्याब्लेट बरामद गरेको छ। यस कारबाहीमा पुलिसले दुई जना आरोपीलाई पनि पक्राउ गरेको छ।
यस सफलताप्रति असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले श्रीभूमि पुलिसको प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ब्रेकिङ ब्याड? असममा होइन।
मुख्यमन्त्री सरमाले ‘असम अगेंस्ट ड्रग्स’ अभियानअन्तर्गत राज्यमा लागूऔषध तस्करीविरुद्ध निरन्तर कडा कारबाही भइरहेको बताए। उनले पुलासलाई बधाई दिँदै असम पुलिसले लागूऔषध तस्करहरूलाई कुनै पनि प्रकारको छुट नदिने सुनिश्चित गरिरहेको उल्लेख गरे।
राज्य सरकारले युवापुस्तालाई लागूऔषधको दुर्व्यसनबाट जोगाउन तथा लागूऔषध तस्करी नियन्त्रण गर्न यस्ता अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी