
नयाँ दिल्ली, १२ जुलाई (हि.स.)। केन्द्रिय श्रम तथा रोजगार मन्त्री मनसुख माण्डवियाले १४ जुलाईमा देशभरि कर्मचारी राज्य बीमा (ईएसआई) सँग सम्बन्धित सात स्वास्थ्य परियोजनाको उद्घाटन गर्नेछन्। तेलंगानाको सनतनगर स्थित ईएसआईसी अस्पतालमा आयोजित कार्यक्रममा लगभग ६६८ करोड़ रुपियाँ लागतका यी परियोजनाहरूको शुभारम्भ गरिनेछ। यी परियोजनाबाट देशभरिका लगभग ५३ लाख बीमित व्यक्ति तथा लाभार्थीहरूले आधुनिक स्वास्थ्य सेवाको लाभ प्राप्त गर्नेछन्।
श्रम तथा रोजगार मन्त्रालय अनुसार मनसुख माण्डवियाले सनतनगर स्थित ईएसआईसी अस्पतालको नयाँ बाह्य रोगी विभाग (ओपीडी) भवनको प्रत्यक्ष रूपमा उद्घाटन गर्नेछन्। साथै उनले अन्य छह परियोजनाको भर्चुअल उद्घाटन पनि गर्नेछन्। ती परियोजनाहरूमा असमको बेलटोला स्थित स्तरोन्नत २०० शय्याको ईएसआईसी अस्पताल, तमिलनाडुको श्रीपेरम्बदूरमा १०० शय्याको अस्पताल, आन्ध्र प्रदेशको राजमहेन्द्रवरमस्थित ईएसआईएस अस्पताल, गुजरातको सुरेन्द्रनगर तथा राजस्थानको कोटा उद्योग नगरमा ईएसआई औषधालय र शाखा कार्यालय तथा राजस्थानको भवानी मण्डीस्थित ईएसआई औषधालय समावेश छन्। कार्यक्रममा केन्द्रिय राज्यमन्त्री शोभा करन्दलाजे पनि उपस्थित रहनेछिन्।
सनतनगर स्थित नयाँ ओपीडी भवन २११.१३ करोड़ रुपियाँको लागतमा ४३,६११ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको हो। यसमा सामान्य चिकित्सा सेवा सहित विभिन्न विशेषज्ञ विभाग, आयुष सेवा, रेडियोलोजी, योग, पुनर्स्थापना केन्द्र, १८० सामान्य शय्या, २५ आईसीयू तथा २० नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) शय्याको सुविधा उपलब्ध हुनेछ। यस केन्द्रले तेलंगानाका १२.३० लाखभन्दा बढ़ी बीमित व्यक्ति तथा लाभार्थीहरूलाई आधुनिक उपचार सेवा प्रदान गर्नेछ।
कार्यक्रमका क्रममा मनसुख माण्डवियाले निर्माण कार्यमा योगदान पुर्याएका श्रमिकहरूलाई सम्मानित गर्नेछन् तथा ईएसआई लाभार्थीहरूलाई नगद लाभ पनि वितरण गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी