मणिपुरमा पुलिसको ठूलो कारबाही, २९ लाख रुपियाँ बराबरको ब्राउन सुगर बरामद, तीन जना पक्राउ
मणिपुरमा पुलिसको ठूलो कारबाही, २९ लाख रुपियाँ बराबरको ब्राउन सुगर बरामद, तीन जना पक्राउ


इम्फाल, 12 जुलाई (हि.स.)। मणिपुर पुलिसले लागूऔषध तस्करी तथा शान्ति-सुरक्षासम्बन्धी मुद्दामा ठूलो कारबाही गर्दै पछिल्लो २४ घण्टामा सञ्चालन गरिएका छुट्टाछुट्टै अभियानमा तीन जनालाई पक्राउ गरेको छ। पुलिसले करिब पाँच किलोग्राम ब्राउन सुगर, लागूऔषध कारोबारबाट आर्जन गरिएको आशंका गरिएको २९ लाख ४२ हजार रुपियाँ तथा ८३ हजार ७७० रुपियाँ नगद बरामद गरेको छ।

आधिकारिक जानकारीअनुसार, बिष्णुपुर जिल्लाको क्वाक्टा क्षेत्रमा प्रहरीले शनिबार खरानी रङको टाटा पन्च (एमएन-०४पी-४७०६) गाडी रोकी खानतलासी गर्दा गाडीमा सवार लिलोङ चिङजाओ निवासी ४७ वर्षीय मोहम्मद अमजद खानलाई पक्राउ गरेको हो। उनको साथबाट करिब पाँच किलोग्राम ब्राउन सुगर र ८३ हजार ७७० रुपियाँ नगद बरामद गरिएको पुलिसले जनाएको छ।

अर्को कारबाहीमा हरियाणामा दर्ता भएको एनडीपीएस ऐनअन्तर्गतको मुद्दासँग सम्बन्धित जाँचका क्रममा चुराचाँदपुरबाट दीपु गुप्तालाई पक्राउ गरिएको छ। उनको साथबाट २९ लाख ४२ हजार रुपियाँ नगद बरामद भएको छ, जुन लागूऔषध कारोबारबाट आर्जन गरिएको रकम भएको आशंका गरिएको छ। पुलिसका अनुसार, उनी चुराचाँदपुर जिल्लामा लागूऔषध तस्करहरूको हवाला कारोबारमा संलग्न थिए। बरामद रकमसहित उनलाई हरियाणा पुलिसको जिम्मा लगाइएको छ।

यता, लेइमाखोङ क्षेत्रको कान्टो साबलमा भीडद्वारा उत्पात मच्चाउने तथा परित्यक्त घरहरूमा आगजनी गर्ने प्रयाससँग सम्बन्धित घटनामा मणिपुर पुलिस, सीआरपीएफ, आरएएफ र भारतीय सेनाको संयुक्त टोलीले हेङजाङ गाउँका प्रमुख तथा लेइमाखोङ एरिया प्रोटेक्शन कमिटी (एलएपीसी) का अध्यक्ष ६५ वर्षीय कम्माङ ल्हौवुम र खुन्खो कुकी गाउँ निवासी ३० वर्षीय पागिन ह्याङशिङलाई पक्राउ गरेको छ।

पलिसले यस घटनामा संलग्न अन्य आरोपीहरूको खोजी तथा पक्राउका लागि अभियान जारी रहेको जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande