जम्मूबाट ७,७५४ अमरनाथ तीर्थयात्री कड़ा सुरक्षाबीच गुफातर्फ प्रस्थान
जम्मूबाट ७,७५४ अमरनाथ तीर्थयात्री कड़ा सुरक्षाबीच गुफातर्फ प्रस्थान


जम्मू, १३ जुलाई (हि.स.)। कड़ा सुरक्षा व्यवस्थाबीच सोमवार ७,७५४ जना श्रद्धालु वार्षिक अमरनाथ यात्राका लागि कश्मीर उपत्यका स्थित दुई आधार शिविरतर्फ जम्मूबाट प्रस्थान गरेका छन्। हालसम्म ३,८८० मिटर उचाइमा अवस्थित पवित्र अमरनाथ गुफा मन्दिरमा २ लाख ५२ हजारभन्दा बढ़ी तीर्थयात्रीले भगवान शिवको हिमलिङ्गको दर्शन गरिसकेका छन्।

अधिकारीहरू अनुसार, ३०३ वटा सवारी साधनमार्फत ७,७५४ तीर्थयात्री प्रस्थान गरेका छन्। तीमध्ये ५,३८३ पुरुष, २,०७१ महिला, २२२ साधु, ५८ साध्वी, १६ बालबालिका तथा ४ जना ट्रान्सजेन्डर सहभागी रहेका छन्।

तीर्थयात्रीहरूको काफिलालाई दुई समूहमा विभाजन गरिएको थियो। बिहान ३:३० बजी बालटाल मार्गतर्फ प्रस्थान गरेको काफिलामा १३३ सवारी साधन र २,८९६ तीर्थयात्री थिए। त्यसैगरी बिहान ४:०५ बजी पहलगाम मार्गतर्फ १७० सवारी साधनमा ४,८५८ तीर्थयात्री प्रस्थान गरेका थिए।

शुक्रवारदेखि प्रस्थान गरेका तीर्थयात्रीहरूलाई समेत जोड्दा २ जुलाईमा यात्रा शुरु भएयता जम्मु आधार शिविरबाट कश्मीरतर्फ जाने तीर्थयात्रीको संख्या ८७,७०१ पुगेको छ।

श्रद्धालुहरूले यात्रा शुरु गर्दा भगवती नगर आधार शिविर “बम बम भोले”, “हर हर महादेव” तथा “जय बर्फानी बाबा” का जयघोषले गुन्जायमान बनेको थियो।

धेरै तीर्थयात्रीहरूले यात्राको सहज र सुरक्षित सञ्चालनका लागि गरिएको व्यवस्थाप्रति सन्तुष्टि व्यक्त गरेका छन्। पवित्र अमरनाथ गुफा मन्दिरको ५७ दिने वार्षिक तीर्थयात्रा आगामी २८ अगस्तमा सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande