
गान्धीनगर, १३ जुलाई (हि.स.)। गुजरातको गान्धीनगर स्थित (एनएफएसयू) मा सोमवार आयोजना हुने इन्टरपोल डिजिटल फरेन्सिक एक्सपर्ट ग्रुप (डीएफईजी) को ११औँ बैठकको उद्घाटन समारोह सहित विभिन्न कार्यक्रम राष्ट्रिय शोकका कारण स्थगित गरिएको छ।
आधिकारिक जानकारी अनुसार, कतारका पूर्व अमिर शेख हमद बिन खलीफा अल-थानीको निधनमा भारत सरकारले १३ जुलाईमा एक दिने राष्ट्रिय शोक घोषणा गरेको छ। यसका कारण केन्द्रिय गृहमन्त्रीको उपस्थितिमा आयोजना हुने विभिन्न कार्यक्रम तथा उद्घाटन समारोहहरू स्थगित गरिएको हो। कार्यक्रमको नयाँ मिति पछि घोषणा गरिने जनाइएको छ।
यस सम्बन्धमा सञ्चारकर्मीहरूलाई सोमवार एनएफएसयू, गान्धीनगर नआउन अनुरोध गरिएको छ। कार्यक्रममा केन्द्रीय गृहमन्त्री अमित शाह, गुजरातका मुख्यमन्त्री तथा गृह राज्यमन्त्री हर्ष संघवीको उपस्थितिमा पाँच महत्वपूर्ण परियोजनाको उद्घाटन गर्ने योजना रहेको थियो।
यी परियोजनामध्ये ‘मेक इन इन्डिया’ अभियानअन्तर्गत विकसित एशियाकै पहिलो साइबर फरेन्सिक अनुसन्धान भ्यान पनि समावेश थियो। साथै वित्तीय अपराध अनुसन्धान, मीडिया फरेन्सिक तथा अपराधस्थल व्यवस्थापनसँग सम्बन्धित अत्याधुनिक केन्द्रहरूको उद्घाटन पनि प्रस्तावित गरिएको थियो।
उल्लेखनीय छ कि कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको १२ जुलाईमा ७४ वर्षको उमेरमा निधन भएको थियो। उनले सन् १९९५ देखि २०१३ सम्म कतारका अमिरका रूपमा शासन गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी