मदुरैमा निजी र सरकारी बस ठोक्किँदा पाँच यात्रुको मृत्यु, ४१ जना घाइते
मदुरैमा निजी र सरकारी बस ठोक्किँदा पाँच यात्रुको मृत्यु, ४१ जना घाइते


मदुरै, १३ जुलाई (हि.स.)। तमिलनाडुको मदुरै नजिक सोमवार बिहान सबेरै सरकारी बस र निजी ओम्नी बस आपस्तमा ठोक्किँदा एक महिला सहित पाँच यात्रुको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि मेलुर सरकारी अस्पताल लगियो। पछि थप उपचारका लागि मदुरैस्थित राजकाजी सरकारी अस्पतालमा भर्ती गरिएको छ।

यो दुर्घटना मदुरै जिल्लाको कोट्टामपट्टी नजिक वञ्जीनगरम गाउँ स्थित चार लेनको राजमार्गमा भएको हो। चेन्नईबाट मार्थाण्डमतर्फ जाँदै गरेको निजी ओम्नी बस वञ्जीनगरम नजिक पुग्दा चालकले नियन्त्रण गुमाएको बताइएको छ। अनियन्त्रित बसले पहिले सड़कको बीचमा रहेको डिभाइडरमा ठक्कर दियो र त्यसपछि विपरीत लेनमा प्रवेश गरी मदुरैबाट तिरुचिरापल्लीतर्फ जाँदै गरेको सरकारी बससँग ठोक्कियो।

सरकारी बससँग ठोक्किएपछि निजी बस सड़कको बायाँतर्फ मोड़िंदै स्थानीय यात्रु प्रतीक्षालय (बस शेल्टर) मा ठोक्कियो। ठक्कर यति शक्तिशाली थियो कि प्रतीक्षालय पूर्ण रूपमा भत्किएको छ। दुर्घटनामा दुवै बसको अगाड़ीको भाग क्षतिग्रस्त भएको छ।दुर्घटनामा एक महिला सहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुलिसले जनाएको छ। दुवै बसमा सवार ४१ जना यात्रु गम्भीर घाइते भएका छन्। कोट्टामपट्टी पुलिस र स्थानीय बासिन्दाले उद्धार कार्य सञ्चालन गरी घाइतेहरूलाई अस्पताल पुर्याए।

पुलिसले घटनाबारे मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा बिहान सबेरैको समय भएकाले चालकलाई निद्रा लागेको कारण दुर्घटना भएको हुनसक्ने सम्भावनाबारे पनि छानबिन भइरहेको छ। दुर्घटनाका कारण राष्ट्रिय राजमार्गमा धेरै घण्टासम्म यातायात प्रभावित भयो।

नगर पुलिस उपमहानिरीक्षक अभिनव कुमार तथा जिल्ला पुलिस अधीक्षक देवनाथन घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेका छन्। पुलिसले मृतकहरूको पहिचान तथा अन्य विवरण संकलन गर्ने कार्य पनि जारी राखेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande