गुजरातको सूरतमा पासपोर्ट अफिस र पोस्ट अफिसलाई बमले उड़ाउने धम्की
गुजरात


सूरत, 15 जुलाई (हि.स.)। बुधवार गुजरातको सुरतमा पासपोर्ट कार्यालय र पोस्ट अफिसमा बम विस्फोटको धम्की प्राप्त भएको छ। पुलिस, बम स्क्वाड र डग स्क्वाड टोलीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ।

पुलिस अनुसार, सूरतको उमरा क्षेत्र स्थित पासपोर्ट कार्यालय र पोस्ट अफिसमा बम विस्फोट गराउने धम्कीपूर्ण इमेल प्राप्त भएको थियो। पुलिसले तुरुन्तै कारबाही गर्दै परिसर र वरपरका क्षेत्रहरूको विस्तृत खोजी गरेको छ। खोजीका क्रममा कुनै पनि शंकास्पद वस्तु वा विस्फोटक पदार्थ फेला परेन।

उमरा पुलिस थानाका निरीक्षक तेजस गढ़वीले भने कि नियन्त्रण कक्षबाट जानकारी पाएपछि पुलिस टोलीले घटनास्थलमा पुगेर सम्पूर्ण परिसरको गहन खोजी गऱ्यो। खोजीका क्रममा कुनै पनि शंकास्पद वस्तु फेला परेन। धम्कीपूर्ण इमेलको स्रोत र पठाउने व्यक्तिको पहिचान गर्न सम्बन्धित एजेन्सीहरूले थप अनुसन्धान गर्नेछन्।

दुई दिनअघि सुरत जिल्ला अदालतले पनि आरडीएक्स भएको दाबी गर्दै बम विस्फोट गराउने धम्कीपूर्ण इमेल प्राप्त गरेको थियो। यस्ता धम्कीको निरन्तर प्रवाहले सुरक्षा एजेन्सीहरू र स्थानीय प्रशासनमा चिन्ता बढ़ाएको छ। पुलिसले अब यी धम्कीपूर्ण इमेलहरूको पछाड़ी कुनै एकल व्यक्ति वा समूहको हात छ कि छैन वा य़ो आतंक फैलाउने षड्यन्त्र हो कि होइन भन्ने कुराको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande