
नयाँ दिल्ली, १९ जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायत विभिन्न नेताहरूले आइतबार दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले एक्समार्फत शुभकामना सन्देश दिँदै भने, “दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता जीलाई जन्मदिनको हार्दिक शुभकामना। दिल्लीको विकासलाई तीव्रता दिन तथा नागरिकहरूको जीवनलाई अझ सहज बनाउन उहाँले गरिरहनुभएको प्रयास प्रशंसनीय छन्। उहाँको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दछु।”
गृहमन्त्री अमित शाहले प्रधानमन्त्री मोदीको नेतृत्वमा रेखा गुप्ता दिल्लीलाई सुन्दर, स्वच्छ र आत्मनिर्भर बनाउने दिशामा निरन्तर अघि बढिरहेको बताएका छन्।
रक्षामन्त्री राजनाथ सिंहले रेखा गुप्ता दिल्लीका नागरिकहरूको विकास र कल्याणका लागि पूर्ण समर्पणका साथ काम गरिरहेको उल्लेख गर्दै उनी यसरी नै जनसेवा र दिल्लीको प्रगतिमा योगदान दिइरहून् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
केन्द्रिय वस्त्र मन्त्री गिरिराज सिंहले रेखा गुप्ताको सुस्वास्थ्य, सुखमय तथा सफल जीवन र जनसेवामा समर्पित गौरवपूर्ण कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।
त्यसैगरी, केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले ईश्वरले रेखा गुप्तालाई सुस्वास्थ्य र दीर्घायु प्रदान गरून् भन्ने कामना गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी