नेपालको प्रतिनिधिसभा दुई साताका लागि स्थगित
नेपाल के संसद में विपक्षी दलों का विरोध


काठमाडौँ, १५ जुलाई (हि.स.)। नेपालको संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अर्को बैठक अगस्त महिनाको पहिलो साता बोलाउने सहमति भएको हो। समितिका एक सदस्यका अनुसार, प्रतिनिधिसभाको अर्को बैठक एक अगस्तमा आह्वान गर्ने विषयमा छलफल भएको छ। यद्यपि यसको औपचारिक घोषणा भने पछि गरिनेछ।

प्रतिनिधिसभाको परम्पराअनुसार प्रत्येक बैठकको अन्त्यमा सभामुखले अर्को बैठकको मिति र समयको घोषणा गर्ने व्यवस्था रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande