जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानी आक्रमण, दुई अमेरिकी सैनिकको मृत्यु
Fire Erupts Following the Attack in Iran. (Photo Grab: U.S. Central Command)


अम्मान, १9 जुलाई (हि.स.)। जोर्डनमा रहेको एक अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने अर्का एक सैनिक बेपत्ता भएका छन्। उक्त आक्रमणमा चार सैनिक घाइते पनि भएका छन्। अमेरिकी सेनाले शनिबार यस घटनाको पुष्टि गरेको छ।

अमेरिकी सेनाका अनुसार, इरानले ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत सैन्य अड्डालाई निशाना बनाएको थियो। आक्रमण भएको समयमा अमेरिकी तथा सहयोगी राष्ट्रका सेनाहरू जवाफी कारबाहीमा संलग्न रहेका थिए।

सेनाले जनाएको छ, युद्ध शचरु भएयता इरानको प्रत्यक्ष आक्रमणबाट अमेरिकी सैनिकको मृत्यु भएको यो पहिलो घटना हो। घाइते चार सैनिकलाई तत्काल जोर्डनका अस्पतालहरूमा भर्ना गरिएको छ। उपचारपछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। बेपत्ता सैनिकको खोजी कार्य भने जारी रहेको छ।

अमेरिकी अधिकारीहरूले सुरक्षा कारण देखाउँदै मृत सैनिकहरूको परिचय हालसम्म सार्वजनिक गरेका छैनन्। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था अझ कडा बनाइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande