कड़ा सुरक्षाबीच 5000 भन्दा बढ़ी तीर्थयात्रीहरूको 15औं टोली जम्मूबाट प्रस्थान
कड़ा सुरक्षाबीच 5000 भन्दा बढ़ी तीर्थयात्रीहरूको 15औं टोली जम्मूबाट प्रस्थान


जम्मू, 16 जुलाई (हि.स.)। कड़ा सुरक्षाका बीच 5000 भन्दा बढ़ी तीर्थयात्रीहरूको 15औं टोली बिहिवार जम्मूबाट कश्मीरमा रहेको वार्षिक अमरनाथ यात्राको दुई आधार शिविरहरूको लागि प्रस्थान गऱ्यो। अहिलेसम्म 3.25 लाखभन्दा बढ़ी तीर्थयात्रीहरूले 3,880 मिटर अग्लो गुफा मन्दिरको भ्रमण गरिसकेका छन्।

अधिकारीहरूले तीर्थयात्रीहरूको नयाँ टोली (5,201 जना) मा 92 साधु, नौ साध्वी, 3,970 पुरुष, 1,124 महिला, 5 बच्चाहरू र एक ट्रान्सजेन्डर सामेल रहेको बताए। तिनीहरूले सीआरपीएफ र पुलिस सुरक्षामा 251 सवारी साधनको काफिलेमा प्रस्थान गरे। यो काफिला दुई छुट्टाछुट्टै समूहमा प्रस्थान गऱ्यो। बालटाल जाने काफिला 74 सवारी साधनमा 1,745 तीर्थयात्रीहरू मिलेर बिहान 3 बजी प्रस्थान गऱ्यो। 177 वटा सवारी साधनमा 3,456 तीर्थयात्रीहरू रहेको पहलगामको काफिला बिहान 3:30 बजी प्रस्थान गऱ्यो।

बिहिवार प्रस्थान गरेको समूहसँगै 02 जुलाईमा यात्रा शुरू भएदेखि जम्मू आधार शिविरबाट कूल 1,04,488 तीर्थयात्रीहरू कश्मीर प्रस्थान गरेका छन्। भक्तजनहरू यात्राको लागि निस्कँदा भगवती नगर आधार शिविर बम बम भोले, हर हर महादेव, र जय बर्फानी बाबा की को नाराले गुन्जियो। धेरै तीर्थयात्रीहरूले यात्राको सहज सञ्चालनको लागि गरिएको व्यवस्थाप्रति सन्तुष्टि व्यक्त गरे। पवित्र गुफा तीर्थस्थलको 57 दिने वार्षिक यात्रा 28 अगस्तमा समापन हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande