कतारका अमिरसँग नेपालको उपराष्ट्रपतिको शिष्टाचार भेट
कतर के अमीर से मुलाकात करते नेपाल के उपराष्ट्रपति


काठमाडौं, १६ जुलाई (हि.स.)। नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारका अमिर (राजा) शेख तमीम बिन हमद अल थानीसँग दोहामा शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपति कार्यालयका अनुसार, कतार भ्रमणका क्रममा दोहास्थित लुसैल दरबारमा दुवै नेताबीच उच्चस्तरीय भेटवार्ता भएको हो।

उपराष्ट्रपति यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न कतार पुगेका हुन्। भेटका क्रममा उनले अमिर शेख तमीम, शाही परिवार तथा कतारका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरे।

यस अवसरमा उपराष्ट्रपति यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट पठाइएको शोक तथा समवेदनाको सन्देश अमिर शेख तमीम बिन हमद अल थानीलाई हस्तान्तरण गरे। भेटमा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू तथा कतारका वरिष्ठ सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande