भगवान जगन्नाथको कृपाले जनजीवनमा नयाँ ऊर्जा सञ्चार होस् : प्रधानमन्त्री मोदी
मोदी


नयाँ दिल्ली, १६ जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान भगवान जगन्नाथको स्मरण गर्दै सम्पूर्ण देशवासीको जीवनमा नयाँ ऊर्जा सञ्चार होस् भन्ने कामना गरेका छन्। उनले प्रभु जगन्नाथको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि कायम रहोस् भन्ने प्रार्थना गरेका छन्।

प्रधानमन्त्री मोदीले यस अवसरमा सामाजिक सञ्जाल एक्समा एक अडियो-भिजुअल सन्देश साझा गर्दै संस्कृत श्लोक देवदेव जगन्नाथ सुरासुरनमस्कृत। पुण्यश्लोकाव्ययानन्त परमात्मन्नमोऽस्तु ते॥ पनि पोस्ट गरेका छन्।

ओडिशाको पुरीमा आजदेखि भगवान जगन्नाथको विश्वप्रसिद्ध रथयात्रा शुरु भइरहेको छ। यो पवित्र रथयात्रा अवलोकन गर्न भारतका विभिन्न राज्यका साथै विदेशबाट पनि ठूलो संख्यामा श्रद्धालु तथा पर्यटकहरू पुगेका छन्।

प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा लेखेका छन्, महाप्रभु जगन्नाथको पवित्र रथयात्राको अवसरमा उहाँको आशीर्वाद सधैं हामी सबैमाथि रहोस् भन्ने मेरो कामना छ। उहाँको दिव्य कृपाले सम्पूर्ण देशवासीको जीवनमा नयाँ ऊर्जा सञ्चार होस्।

अडियो-भिजुअल सन्देशमा प्रधानमन्त्रीले भगवान जगन्नाथलाई देवताका पनि देव, सम्पूर्ण सृष्टिका स्वामी, अविनाशी, अनन्त तथा सबै प्राणीका हृदयमा विराजमान परमात्माका रूपमा वर्णन गर्दै उहाँप्रति बारम्बार प्रणाम अर्पण गररेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande