छगमा तीव्र रफ्तार स्कूटी सड़क छेउ खड़ा ट्र्याक्टरमा पस्यो, 4 को मृत्यु
छत्तीस


रायपुर, 16 जुलाई (हि.स.)। बिहिवार बिहान छत्तीसगढ़को दुर्ग-रायपुर राष्ट्रिय राजमार्ग-53 मा खड़ा ट्रयाक्टरमा तीव्र गतिमा गुड़िरहेको स्कूटी ठोक्किएको छ। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकमा दुई महिला र दुई बालिका छन् भने एक बालक गम्भीर घाइते भएको र उनलाई रायपुरको एम्समा भर्ती गरिएको छ।

घटनाको जानकारी पाएपछि कुम्हारी थाना पुलिस घटनास्थलमा पुगेको छ। पुलिसले सबै शवलाई कब्जामा लिएको छ र पञ्चनामा र पोस्टमार्टम प्रक्रिया शुरु गरेको छ।

कुम्हारी पुलिस थानाले बिहिवार बिहान 10 देखि 10.30 बजीबीच राजमार्ग-53 को दुर्ग-रायपुर जाने लेनमा दुर्घटना भएको बताएको छ। स्कूटी (सीजी07डीई5847) मा बालबालिका सहित पाँच जना सवार थिए।

पुलिसले ट्रयाक्टर (सीजी07एनए0930) र स्कूटीलाई कब्जामा लिएको छ। पुलिस अनुसार, भिलाई-3 निवासी अमृता निर्मलकर (28) ले स्कूटी चलाइरहेकी थिइन्। पाँच जना उनीसँगै रायपुरको वसन्त विहारमा रहेको उनको मामाको घर गइरहेका थिए। स्कूटी अक्सिजन सिलिन्डरले भरिएको खड़ा ट्रयाक्टरसँग ठोक्कियो। अमृता निर्मलकर (28), लक्ष्मी निर्मलकर (26), 7 वर्षीया यास्ना र 4 वर्षीया डालीको घटनास्थलमै मृत्यु भयो। आठ वर्षीय भावेश गम्भीर घाइते भएका छन् र उनलाई रायपुरको एम्समा भर्ती गरिएको छ।

पुलिसले ट्रयाक्टर जफत गरेको छ र चालक भोला यादवलाई सोधपुछको लागि हिरासतमा लिएको छ। पुलिसले हाल यस विषयमा अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande