हाइड्रोजन रेल... आत्मनिर्भर भारतका लागि ऐतिहासिक दिन: प्रधानमन्त्री मोदी
Prime Minister Narendra Modi and Japanese Prime Minister Sanae Takaichi witnessed the exchange of a Memorandum of Understanding (MoU) betw


नयाँ दिल्ली, 17 जुलाई (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको पहिलो हाइड्रोजन रेलको शुभारम्भलाई आत्मनिर्भर भारत र दिगो विकासतर्फको ऐतिहासिक उपलब्धि बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आज भारतले पहिलो हाइड्रोजन रेल प्राप्त गर्ने सपना साकार हुँदैछ। यो आत्मनिर्भर भारत र दिगो विकासका लागि अत्यन्तै महत्वपूर्ण दिन हो। यस परियोजनासँग जोडिएका सम्पूर्ण व्यक्तिहरूलाई हार्दिक बधाई दिन्छु।”

यस अवसरमा प्रधानमन्त्री मोदीले चाणक्य नीतिको एक श्लोक पनि साझा गरेका छन्:

“प्रभूतं कार्यमल्पं वा यन्नरः कर्तुमिच्छति।

सर्वारम्भेण तत् कार्यं सिंहादेकं प्रचक्षते।।“

यसको अर्थ, मानिसले जुनसुकै काम-सानो होस् वा ठूलो-पूरा शक्ति, समर्पण र लगनका साथ शुरु गर्नुपर्छ। सिंहबाट सिक्नुपर्ने सबैभन्दा ठूलो गुण यही हो।

प्रधानमन्त्री मोदीले शुक्रबार बिहान करिब ११ बजी हरियाणाको जीन्द रेलवे स्टेशनबाट जीन्द-सोनीपत रेलमार्गमा सञ्चालन हुने देशको पहिलो हाइड्रोजन रेललाई हरियो झण्डा देखाएर शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। यो स्वच्छ, हरित र दिगो रेल यातायाततर्फ भारतको महत्वपूर्ण कदम मानिएको छ।

पूर्ण रूपमा स्वदेशी प्रविधिबाट डिजाइन, इन्जिनियरिङ र एकीकृत गरिएको यो रेल हाइड्रोजन फ्युल सेल प्रविधिमा आधारित छ। यस प्रविधिमा हाइड्रोजनलाई विद्युतमा रूपान्तरण गरी रेल सञ्चालन गरिन्छ, जसको उप-उत्पादनका रूपमा केवल जलवाष्प (पानीको बाफ) मात्र उत्सर्जन हुन्छ। यसले रेल सञ्चालनका क्रममा कार्बन उत्सर्जनलाई शून्य बनाउँछ, डिजेलमाथिको निर्भरता घटाउँछ, जीवाश्म इन्धनको आयात कम गर्छ र ध्वनि प्रदूषण पनि न्यून बनाउँछ।

१० वटा डिब्बा भएको यो रेल विश्वकै सबैभन्दा लामो हाइड्रोजन-सञ्चालित यात्रुवाहक रेलहरूमध्ये एक मानिएको छ। यसको सञ्चालनसँगै भारत हाइड्रोजन-सञ्चालित रेल नियमित रूपमा सञ्चालन गर्ने विश्वका चुनिएका मुलुकहरूको समूहमा समावेश हुनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande