
सिलगढी, १८ जुलाई (हि.स.)। केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाह शुक्रबार राति पश्चिम बंगालको तीनदिने भ्रमणका क्रममा बागडोगरा विमानस्थल पुगे, जहाँ उनको स्वागत राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गरे। यस अवसरमा शुभेन्दु मन्त्रिपरिषद्का धेरै सदस्य तथा भारतीय जनता पार्टी (भाजपा) का केही सांसद र विधायकहरू पनि उपस्थित थिए। गृहमन्त्री विमानस्थलबाट कदमतलास्थित सीमा सुरक्षा बल (बीएसएफ) शिविरतर्फ प्रस्थान गरे।
उत्तर बंगाल भ्रमणका क्रममा अमित शाहले सिलगढीस्थित उत्तरकन्या सचिवालयमा बीएसएफका वरिष्ठ अधिकारीहरू तथा राज्य पुलिस प्रशासनसँग उच्चस्तरीय बैठक गर्नेछन्। बैठकमा भारत-बङ्गलादेश सीमाको सुरक्षा, घुसपैठ, तस्करी तथा सीमामा बार लगाउने कार्यको प्रगतिबारे समीक्षा गरिनेछ। साथै, उनले फूलबारी र जुमागछ सीमा चौकीको भ्रमण गरी स्थलगत अवस्थाको निरीक्षण पनि गर्नेछन्।
त्यसपछि अमित शाह कोलकाता प्रस्थान गर्नेछन्, जहाँ उनले कानून-व्यवस्था, सीमा सुरक्षा, नयाँ आपराधिक कानुनहरूको कार्यान्वयन तथा प्रशासनिक विषयमा राज्य पुलिस, जिल्ला प्रशासन र गुप्तचर निकायका अधिकारीहरूसँग समीक्षा बैठक गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी