
राजौरी, १९ जुलाई (हि.स.) । जम्मु कश्मीरको पुन्छ र राजौरीमा बाढ़ी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ताको खोजी र उद्धार कार्य सञ्चालन गरिएको छ ।
भारी वर्षाका कारण दुई सीमावर्ती जिल्लामा बाढ़ी र ठूलो पहिरो गएको अधिकारीहरुले बताएका छन् । यस अवधि मोबाइल टावरमा धेरै क्षति पुगेको छ, जसकारण यहाँको नेटवर्क पनि बन्द भएको छ, जुन ५ घण्टापछि सुचारु भयो तर विद्युत भने बन्द छ । रातभरि परेको अविरल वर्षाका कारण धेरै ठाउँमा पहिरो र बाढ़ीले आवासीय घर भत्किएको र धेरै परिवार भग्नावशेषमा फसेका छन् ।
सबैभन्दा बढ़ी विनाश पुन्छ जिल्लाको सुराकोटको तल्लो मुर्रा क्षेत्रमा भएको छ । मृत्यु हुनेमा नूर साफिया (५९) पत्नी मोहम्मद लतिफ, सज्जाद अहमद (१६) छोरा मोहम्मद लतिफ, हकनवाज अहमद (१०) छोरा मोहम्मद लतिफ, शाहनवाज अहमद (१०) छोरा मोहम्मद लतिफ, खालिदा कौसर (२५) पत्नी यासर इकबाल, सोफियान (२) छोरा यासर इकबाल, मोहम्मद हुसेन (२) छोरा मोहम्मद इकबाल, मोहम्मद इकबाल (२) छोरा मोहम्मद इकबाल, मोहम्मद हुसैन (२) छोरा मोहम्मद इकबाल (२) सामेल छन् ।
पुलिस, एसडीआरएफ, सिभिल प्रशासन र स्थानीय स्वयंसेवकहरू सम्मिलित उद्धार टोलीहरूले छह जनालाई उद्धार गर्न खोजी कार्य जारी राखेका छन् जो भग्नावशेषमा फसेका छन् र अझै बेपत्ता छन्, अधिकारीहरूले भने।
/ बिशाल