
नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु आफ्नो सात दिने तीन राष्ट्रको राजकीय भ्रमणको पहिलो चरणमा आइतवार मोल्डोवा प्रस्थान गरेकी छन्। उनी 19 र 20 जुलाईमा मोल्दोवाको राजकीय भ्रमणमा रहनेछिन्। यो कुनै पनि भारतीय राष्ट्रपतिको मोल्दोवाको पहिलो भ्रमण हुनेछ।
मोल्दोवाको भ्रमणका क्रममा राष्ट्रपति मुर्मुले आफ्ना समकक्षी राष्ट्रपति मैया सान्डुसँग द्विपक्षीय र प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्ने र मोल्डोवाको संसदका अध्यक्ष इगोर ग्रोसुसँग पनि भेट गर्नेछिन्।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले राष्ट्रपति मुर्मुले 19 देखि 25 जुलाईसम्म माल्डोवा, उत्तरी मेसेडोनिया र रोमानियाको राजकीय भ्रमण गर्ने जानकारी दिँदै उनले भारतीय राष्ट्रपतिको तीन दशकपछि रोमानियाको राष्ट्रपति स्तरीय भ्रमण हुन लागेको बताए । यो भ्रमणले तीन देशसँगको भारतको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनेछ।
मोल्दोवा भ्रमणका क्रममा राष्ट्रपति मुर्मु र राष्ट्रपति मैया सान्डुबीच विभिन्न द्विपक्षीय विषयमा छलफल हुनेछ । दुई देशबीच कृषि, स्वास्थ्य सेवा, औषधि उद्योग, सूचना प्रविधि र शिक्षा जस्ता क्षेत्रमा सहयोग बढ़ाउने सम्भावनाबारे पनि छलफल हुनेछ । विदेश मन्त्रालयले यी क्षेत्रमा दुई देशबीच पारस्परिक लाभकारी साझेदारीको प्रचुर सम्भावना रहेको बताएको छ ।
मोल्डोवाको भ्रमणपछि राष्ट्रपति मुर्मुले २१ र २२ जुलाईमा उत्तरी म्यासेडोनियाको भ्रमण गर्नेछिन् । भारतीय राष्ट्रपतिको यो पहिलो म्यासेडोनियाको राजकीय भ्रमण पनि हुनेछ । त्यहाँ उनले राष्ट्रपति गोर्डाना सिल्जानोभस्का–डावकोभासँग द्विपक्षीय वार्ता गर्नेछिन्। यसका साथै उनले प्रधानमन्त्री हृस्टिजन मिकोभस्की र संसदका अध्यक्षसंग भेट्ने र उत्तरी म्यासेडोनियाको संसदलाई सम्बोधन गर्नेछिन् । राष्ट्रपतिले भारत-उत्तर मेसेडोनिया व्यापार मञ्चलाई पनि सम्बोधन गर्नेछन्। दुई देशबीच कृषि, औषधि उद्योग, विज्ञान तथा प्रविधि, सूचना प्रविधि र सूचना प्रविधिमा आधारित सेवामा आर्थिक सहयोग अभिवृद्धि गर्ने विषयमा पनि छलफल हुनेछ ।
भ्रमणको अन्तिम चरणमा राष्ट्रपति मुर्मुले २३ देखि २५ जुलाईसम्म रोमानियाको राजकीय भ्रमण गर्नेछन्। यो तीन दशकभन्दा बढ़ी समयपछि भारतीय राष्ट्रपतिको रोमानिया भ्रमण हुनेछ। त्यहाँ उनले राष्ट्रपति निकोसर दानसँग द्विपक्षीय वार्ता गर्नेछिन्, भारत-रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नेछिन् र भारतीय समुदायका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछिन्।
रोमानिया युरोपेली संघमा भारतको महत्वपूर्ण साझेदार हो। भारत-ईयू स्वतन्त्र व्यापार सम्झौतातर्फ भइरहेको प्रगतिले आगामी वर्षहरूमा दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई थप सुदृढ़ बनाउने सम्भावना छ।
हिन्दुस्थान समाचार / भवानी थामी